जनकपुरमा खेल प्रशिक्षकहरूको क्षमता विकास तालीम सुरु

6 महीना पहिले प्रकाशित


रेविता कुमारी
राष्ट्रिय आवाज | बैशाख १०, जनकपुरधाम
“खेलि मधेश, जिती मधेश” भन्ने नारासहित मधेश खेलकुद परिषद्को आयोजनामा खेल प्रशिक्षकहरूको ७ दिने क्षमता विकास तालीम जनकपुरधाममा सुरु भएको छ।

कार्यक्रमको उद्घाटन सत्रमा परिषद्का सदस्य–सचिव शिवजी प्रसाद कानुले खेलाडी तथा प्रशिक्षकहरू लाई पोशाक हस्तान्तरण गर्नुभयो। सो अवसरमा उहाँले खेलकुदलाई केवल प्रतिस्पर्धाको माध्यम नभई अनुशासन, आत्मविश्वास र प्रदेशको पहिचानसँग जोडिएको क्षेत्र भएको उल्लेख गर्नुभयो।

“मधेशका खेलाडीहरूले राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै प्रदेशको गौरव बढाउने विश्वास लिएको छु,” उहाँले भन्नुभयो। साथै उहाँले सहभागीहरूलाई खेलभावना, निरन्तर मेहनत र एकताको भावनासहित प्रशिक्षणमा सक्रिय रहन आग्रह गर्नुभयो।


उक्त तालीममा विभिन्न खेल विधाका प्रशिक्षकहरू, खेलाडी प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको छ। कार्यक्रममार्फत दक्ष प्रशिक्षक उत्पादन भई प्रदेशको खेलकुद क्षेत्रको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
rastriyaawaj@gmail.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..