जनकपुरमा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन

4 महीना पहिले प्रकाशित



दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम वैशाख ११ गते

जनकपुरधाम उपमहानगरपालिकाको पशुपन्छी विकास शाखाको आयोजनामा जनकपुरधाम वडा नं. १७, तेतरियामा सामुदायिक कुकुर बन्ध्याकरण शिविर तथा निःशुल्क रेविज विरुद्धको खोप कार्यक्रम सुरु भएको छ। वैशाख ११ गतेदेखि सुरु भएको उक्त कार्यक्रम वैशाख १३ गतेसम्म सञ्चालन हुने जनाएको छ।

 

कार्यक्रममा प्राविधिक सहयोग नेपाल एग्री लाईभस्टक ट्रेनिङ एण्ड रिसर्च सेन्टर इटहरी सुनसरी को विज्ञ टोलीले गरिरहेको छ। तीन दिने शिविरमार्फत कुल २३० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य राखिएको छ। शिविरको पहिलो दिनमै ५७ वटा सामुदायिक कुकुरको सफल बन्ध्याकरण गरिएको पशुपन्छी विकास शाखाले जानकारी दिएको छ। साथै सोही क्रममा कुकुरहरूलाई निःशुल्क रेविज विरुद्धको खोप पनि लगाइएको छ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह को प्रमुख आतिथ्यमा सुरु भएको कार्यक्रममा पशु चिकित्सक डा. अमर कुमार साह, पशु विकास अधिकृत प्रभाकर झा लगायतको उपस्थिति रहेको थियो। उद्घाटन कार्यक्रममा मेयर साहले रेविज नियन्त्रण तथा सामुदायिक कुकुर व्यवस्थापनका लागि बन्ध्याकरण अत्यन्त आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रमले जनस्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरे। कार्यक्रम जनकपुरधामस्थित कृषि तथा पशुपन्छी सेवा केन्द्रको ग्राउन्डमा सञ्चालन भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..