मानव एकता दिवसको अवसरमा वृहत् रक्तदान, १२७जनाले गरे रक्तदान

4 महीना पहिले प्रकाशित


राष्ट्रिय आवाज
जनकपुरधाम, वैशाख १२ गते
मानव एकता दिवसको उपलक्ष्यमा सन्त निरंकारी मण्डल नेपाल, शाखा जनकपुरधामद्वारा शनिबार आयोजित वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। जनक चौकस्थित जनक मन्दिरको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा १२७ जनाले रक्तदान गरेका छन्।
रक्तदान गर्नेहरूमध्ये २७ जना महिला र १०० जना पुरुष सहभागी भएका थिए। “रक्त नालीमा होइन, नाडीमा बगाऔं” भन्ने मानवीय सन्देशसहित आयोजित कार्यक्रमले मानव सेवा, आध्यात्मिकता र सामाजिक उत्तरदायित्वको सशक्त सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।


सन्त निरंकारी मण्डली जनकपुरधामका अध्यक्ष बेचु रजकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेश सभामुख राम अशिष यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
प्रमुख अतिथि राम अशिष यादव ले रक्तदान जीवनदानको महान कार्य भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले समाजमा मानवता, सहकार्य र सेवाभावको भावना अभिवृद्धि गर्ने बताउनुभयो। उहाँले सन्त निरंकारी मण्डलले आध्यात्मिक चेतनासँगै सामाजिक सेवाका क्षेत्रमा निरन्तर उदाहरणीय कार्य गर्दै आएको उल्लेख गर्दै मानव एकता दिवसको सन्देशलाई व्यवहारमा उतार्न यस्ता अभियान प्रभावकारी हुने धारणा राख्नुभयो।


सभामुख यादवले रगत अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदानजस्ता कार्यक्रम अझ व्यापक रूपमा सञ्चालन हुनुपर्ने बताउनुभयो। उहाँले मानवता नै सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै समाजलाई एकता, सद्भाव र सेवाको बाटोमा अघि बढाउन सबैलाई आह्वान गर्नुभयो।


कार्यक्रमका अध्यक्ष बेचु रजकले सन्त निरंकारी मण्डलले आध्यात्मिकता र मानव सेवालाई सँगसँगै अघि बढाउँदै आएको बताउँदै मानव एकता दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रम समाजप्रति उत्तरदायित्वको प्रतीक भएको धारणा राख्नुभयो। उहाँले “मानव सेवा नै साँचो भक्ति हो” भन्ने भावनासहित मण्डलले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।


कार्यक्रममा सन्त निरंकारी मण्डलका पदाधिकारी, स्थानीय समाजसेवी, युवा, महिला तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकका अनुसार कार्यक्रमले जनचेतना अभिवृद्धि गर्नुका साथै सामाजिक सद्भाव, मानवीय एकता र सेवा भावलाई थप मजबुत बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..