जलाईद साझेदारी वनको पाँचौँ साधारण सभा : संरक्षण, सहभागिता र दिगोपनमा जोड

4 महीना पहिले प्रकाशित

 

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, वैशाख १३ गते 

जलाईद साझेदारी वन उपभोक्ता समूह, मिथिला नगरपालिका–४ पुष्पवलपुर, धनुषाको पाँचौं साधारण सभा आज आइतबार जनकपुरधाम स्थित उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ। वन संरक्षण, दिगो व्यवस्थापन तथा उपभोक्ताको सक्रिय सहभागितालाई केन्द्रमा राख्दै आयोजित सभा खुला र बन्द सत्र गरी दुई चरणमा सञ्चालन गरिएको थियो।

 

समूहका अध्यक्ष लालबाबु यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश वन मन्त्रालयका सचिव जीवनाथ पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा बोल्दै सचिव पौडेलले सामुदायिक तथा साझेदारी वन संरक्षणमा स्थानीय उपभोक्ताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै वन स्रोतको दिगो उपयोग सँगै जैविक विविधता संरक्षणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए।

 

कार्यक्रममा प्रदेश वन निर्देशनालयका निर्देशक जगन्नाथ जयसवाल तथा धनुषाका डिभिजन वन कार्यालय प्रमुख विनोद कुमार सिंह विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। उनीहरूले वन क्षेत्रको संरक्षण, हरियाली प्रवर्द्धन तथा समुदायमा आधारित वन व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन आवश्यक सहकार्य र जनसहभागितामा जोड दिएका थिए।

 

सभामा धनौजी गाउँ पालिकाका अध्यक्ष राज कुमार साह, वार्ड अध्यक्ष रामनारायण यादव, संस्थाका कार्यालय सचिव गोविन्द गिरी, महिला सदस्य उर्मिला दास लगायत विभिन्न क्षेत्रका प्रतिनिधि, वन उपभोक्ता, स्थानीय बुद्धिजीवी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

साधारण सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक विवरण प्रस्तुत गरिएको थियो। साथै वन संरक्षण, व्यवस्थापन, अवैध कटानी नियन्त्रण तथा उपभोक्ताको सहभागितालाई थप प्रभावकारी बनाउने विषयमा व्यापक छलफल गरिएको आयोजकले जनाएको छ।

बन्द सत्रमा आगामी कार्ययोजना, संस्थागत सुदृढीकरण तथा वन क्षेत्रको दिगो विकाससम्बन्धी विभिन्न प्रस्तावमाथि छलफल गर्दै आवश्यक निर्णयसमेत गरिएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..