बर्दिवासमा तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु

3 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

बर्दिवास, महोत्तरी ,वैशाख १५ गते

मधेस प्रदेश आमसञ्चार प्राधिकरण द्वारा महोत्तरीको बर्दिवासमा तीन दिने प्रशिक्षक प्रशिक्षण (ट्रेनिङ अफ ट्रेनर्स–टीओटी) तालिम आज मंगल बार देखि सुरु भएको छ। सञ्चार क्षेत्रको क्षमता अभिवृद्धि तथा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले आयोजित उक्त आवासीय तालिमको उद्घाटन मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले दीप प्रज्वलन गरी गर्नुभयो।

 

मधेस प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा मन्त्री महतोले सञ्चार क्षेत्रलाई जिम्मेवार, तथ्यपरक र जनउत्तरदायी बनाउन यस्ता तालिम प्रभावकारी हुने बताउनुभयो। उहाँले सञ्चारकर्मी र प्रशिक्षकहरू लाई समयानुकूल दक्ष, सचेत र उत्तरदायी बनाउन प्रदेश सरकारले आवश्यक सहकार्य र सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 

मन्त्री महतोले भन्नुभयो, “सञ्चार क्षेत्र लोकतन्त्रको महत्वपूर्ण आधार हो। समाजलाई सही सूचना, सशक्त विचार र सकारात्मक सन्देश दिन सक्षम जनशक्ति तयार पार्न यस्ता तालिम अत्यन्त आवश्यक छन्। 

 

कार्यक्रमका अध्यक्ष जितेन्द्र खड्गाले आमसञ्चार प्राधिकरणले मधेस प्रदेशमा सञ्चार क्षेत्रको व्यावसायिकता, विश्वसनीयता र क्षमता विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले प्रशिक्षक उत्पादनमार्फत सञ्चार क्षेत्रलाई थप प्रभावकारी र गुणस्तरीय बनाउने लक्ष्य रहेको स्पष्ट पार्नुभयो।

अध्यक्ष खड्गाले भन्नुभयो, “यो तालिम केवल प्रशिक्षणमा सीमित छैन, यसले प्रशिक्षक उत्पादन मार्फत दीर्घकालीन ज्ञान हस्तान्तरणको आधार तयार गर्नेछ। दक्ष प्रशिक्षक तयार हुनु भनेको समग्र सञ्चार क्षेत्रलाई सुदृढ बनाउनु हो।”

तीन दिनसम्म सञ्चालन हुने उक्त आवासीय तालिममा सञ्चार तथा आमसञ्चार सँग सम्बन्धित विषयमा सहभागीहरूलाई प्रशिक्षण, प्रस्तुति, अभ्यास तथा अन्तरक्रि यामार्फत दक्ष बनाइने जनाएको छ। तालिममा मधेस प्रदेशका विभिन्न जिल्लाबाट सञ्चारकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको छ।

तालिममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष धवेन्द्र झा र त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. विजय प्रसाद मिश्रले सहजीकरण गरिरहनुभएको छ ।

कार्यक्रममा सहभागीहरूले यस्ता तालिमले सञ्चार क्षेत्रका चुनौती, अवसर र व्यावसायिक दक्षताबारे गहिरो बुझाइ विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,असार २९ गते    जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २ अ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २५ गते    धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ मा कार्यवाहक वडा अध्यक..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २४ गते  धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित श्री गोगल प्रसाद नम..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २१ गते  जनकपुरधाम उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाको आयोज..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २१ गते    धनुषाको विदेह नगरपालिका–७, योगियाडास्थित श्री भगवती आधारभूत..