जनकपुरधाममा खेल प्रशिक्षक क्षमता विकास तालीम सम्पन्न

4 महीना पहिले प्रकाशित

 

मोनु गुप्ता

वैशाख १६, जनकपुरधाम — मधेस खेलकुद परिषदको नियमावली पास भएपछि मधेस प्रदेशमा पहिलोपटक आयोजना गरिएको कार्यक्रमअन्तर्गत जनकपुरधाममा सञ्चालित ७ दिने खेल प्रशिक्षकहरूको क्षमता विकास तालीम आज बुधबार सम्पन्न भएको छ। “खेलि मधेश, जिती मधेश” भन्ने नारासहित आयोजित उक्त तालीमले प्रदेशको खेलकुद क्षेत्रलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

 

कार्यक्रमका प्रमुख अतिथि मधेस खेलकुद परिषदका सदस्य–सचिव शिवजी प्रसाद कानु रहनुभएको थियो। त्यसैगरी अतिथिहरूमा बोर्ड सदस्य दिपेन्द्र कुमार गोइत, प्रशासकीय प्रमुख मोहम्मद ज्याउल इस्लाम तथा प्रशिक्षण विभाग प्रमुख भरत यादवको उपस्थिति रहेको थियो।

समापन समारोहमा बोल्दै प्रमुख अतिथि कानुले परिषद्का गतिविधिहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउँदै प्रदेशलाई खेलकुद क्षेत्रमा अग्रणी बनाउने लक्ष्य रहेको बताउनुभयो। प्रशिक्षण विभाग प्रमुख भरत यादव र प्रशासन प्रमुख मोहम्मद ज्याउल इस्लामले पनि परिषद्ले सञ्चालन गरिरहेका कार्यक्रमहरूले खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गर्नुभयो।

आयोजकका अनुसार, तालीमको मुख्य उद्देश्य आगामी राष्ट्रपति रनिङ प्रतियोगितालाई लक्षित गर्दै मधेस प्रदेशलाई उत्कृष्ट बनाउनु रहेको छ। तालीममा विभिन्न खेल विधाका प्रशिक्षक तथा खेलाडी प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

तालीमअन्तर्गत प्रशिक्षक र सहयोगी गरी जम्मा ११० जनालाई प्रमाणपत्र वितरण गरिएको छ। विभिन्न खेल विधाअनुसार प्रशिक्षकहरू र सहभागी संख्या यसप्रकार रहेका छन्—

रायबहादुर भेटवाल — भलिबल (१६ जना)

राजेश गुप्ता — कराते (१६ जना)

समशेर थापा — तेक्वान्दो (१६ जना)

राकेश साह — एथलेटिक्स (१६ जना)

कल्याण भुजेल — कबड्डी (१६ जना)

रितेन्द्र प्रसाद मण्डल — उसु (१६ जना)

कार्यक्रममार्फत दक्ष प्रशिक्षक उत्पादन भई प्रदेशको समग्र खेलकुद विकासमा टेवा पुग्ने विश्वास लिइएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..