शहीदनगरको १४ औँ नगरसभा सम्पन्न

22 दिन पहिले प्रकाशित

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम, वैशाख २३ गरे 

शहीदनगर नगरपालिकाको १४ औँ नगरसभा हिउँदे अधिवेशन नगरप्रमुख दिनेश प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको छ। नगरसभामा उपप्रमुख सुनिता सिंह विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भएको थियो।

नगरसभा लाई सम्बोधन गर्दै नगरप्रमुख यादवले जनप्रतिनिधि तथा कर्मचारीहरूलाई नागरिकप्रति जिम्मेवार र जवाफदेही भएर काम गर्न निर्देशन दिनुभयो। उहाँले सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउन नियमित रूपमा कार्यालयमा उपस्थित भई जनताका समस्याको तत्काल समाधान गर्न आग्रह गर्नुभयो।

 

नगरप्रमुख यादवले विकास निर्माणका योजनाहरू समयमै सम्पन्न गर्न तथा बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन सबै पक्षबीच समन्वय आवश्यक रहेको बताउनुभयो। जनताको विश्वास कायम राख्न सुशासन र पारदर्शितामा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अनिल कुमार झाले स्वागत मन्तव्य व्यक्त गर्दै नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई थप प्रभावकारी तथा नागरिक मैत्री बनाउन सबै जनप्रतिनिधि र कर्मचारीको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा वडा अध्यक्ष उमेश निराला सहित विभिन्न वडाका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यसैबीच, नगरपालिकाकी उपप्रमुख सुनिता सिंहले आफ्नो कार्यकक्षमा आधारभूत सुविधा अभाव रहेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्। बुधबार आयोजित नगरसभामा बोल्दै उनले नयाँ प्रशासनिक भवनमा आफूलाई विभेद गरिएको आरोप लगाइन्।

उनले नगरप्रमुख तथा अन्य पुरुष कर्मचारीका कार्यकक्षमा ‘अट्याच्ड बाथरुम–ट्वाइलेट’को व्यवस्था भए पनि आफ्नो कार्यकक्षमा भने ट्वाइलेट र आवश्यक फर्निचर समेत नरहेको गुनासो पोखिन्।

 

नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ६२ करोड ७२ लाख ३५ हजार ४ सय ८ रुपैयाँको बजेट विनियोजन गरिएको जनाएको छ।प्रदेश सरकारबाट प्राप्त बजेट निकासामा ढिलाइ भएका कारण हालसम्म खर्च हुन नसकेको नगरपालिकाले जनाएको छ। नगरसभाले आगामी दिनमा विकास निर्माणका योजनालाई तीव्रता दिँदै बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  धनुषा, जेष्ठ १४ गते  धनौजी गाउँपालिका–२ स्थित राम जानकी मन्दिर परिसरमा युवाहरुलाई लक्षि..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, जेष्ठ १३ गते    संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) को सहयोग तथा आसमान नेपा..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, जेष्ठ १४ गते    सात वर्षदेखि कार्यान्वयनको प्रतीक्षामा रहेको उद्योग प्रशास..

  बिनोद कुमार साह जनकपुरधाम, जेष्ठ १४ गते मधेस प्रदेशको धनुषा जिल्लास्थित तिरहुतिया गाछीमा पतंजली योग समिति धन..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम जेष्ठ १३गते    विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले शहीद न..