सार्वजनिक जग्गा संरक्षणमा कडाइ, शहीदनगरमा अतिक्रमण हटाउने प्रस्ताव पारित

2 महीना पहिले प्रकाशित

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम, वैशाख २५ गते 

 

शहीदनगर नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमणविरुद्ध कडा अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। नगरपालिकाको हिउँदे अधिवेशन अन्तर्गत सम्पन्न नगरसभा बाट सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने प्रस्ताव पारित गरिएको हो।

 

नगर कार्यपालिकाको कार्यालयद्वारा जारी परिपत्रअनुसार नगरभित्र रहेका सरकारी, सार्वजनिक तथा ऐलानी जग्गाको संरक्षणका लागि जिल्ला प्रशासन कार्यालय धनुषाको निर्देशनबमोजिम सबै वडा कार्यालयलाई सक्रिय रूपमा परिचालन हुन आग्रह गरिएको छ। साथै अवैध रूपमा अतिक्रमण गरिएका सार्वजनिक सम्पत्तिको पहिचान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।

नगर प्रमुख दिनेश प्रसाद यादवले राष्ट्रिय आवाज सँगको कुराकानीमा नगरसभाले सार्वजनिक सम्पत्तिको संरक्षणलाई प्राथमिकतामा राख्दै प्रस्ताव पारित गरेको जानकारी दिनुभयो। उहाँले सार्वजनिक जग्गाको संरक्षण स्थानीय सरकारको प्रमुख दायित्व भएकाले अतिक्रमणविरुद्ध प्रभावकारी र समन्वयात्मक अभियान सञ्चालन गरिने बताउनुभयो।

नगरपालिकाका अनुसार अतिक्रमण नियन्त्रण अभियान जिल्ला प्रशासन कार्यालय धनुषा, सशस्त्र प्रहरी बल तथा इलाका प्रहरी कार्यालय सँगको सहकार्यमा सञ्चालन गरिनेछ। सार्वजनिक सम्पत्तिको संरक्षण, व्यवस्थित नगर विकास तथा नागरिक हितलाई केन्द्रमा राखेर अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाइने नगरपालिकाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,असार २९ गते    जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २ अ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २५ गते    धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ मा कार्यवाहक वडा अध्यक..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २४ गते  धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित श्री गोगल प्रसाद नम..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २१ गते  जनकपुरधाम उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाको आयोज..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २१ गते    धनुषाको विदेह नगरपालिका–७, योगियाडास्थित श्री भगवती आधारभूत..