मालपोत कार्यालय जनकपुरमा राष्ट्रिय सतर्कता केन्द्रको छड्के अनुगमन, १२ कर्मचारी ढिलो उपस्थित

4 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

जनकपुरधाम, वैशाख २५ गते 

राष्ट्रिय सतर्कता केन्द्र काठमाडौँले मालपोत कार्यालय जनकपुरमा आज शुक्रबार छड्के अनुगमन गरेको छ। सेवाप्रवाह, कर्मचारी उपस्थिती तथा कार्यालय अनुशासनको अवस्थाबारे जानकारी लिन गरिएको अनुगमनका क्रममा १२ जना कर्मचारी कार्यालय समयमा ढिलो उपस्थित भएको पाइएको हो।

 

ढिलो उपस्थित हुने कर्मचारीहरूमा विकास सिंह प्रधान (नासु), राम छविला यादव (नासु), भोगेन्द्र राउत (नासु), भुवन कुमार मण्डल (नासु), सन्तोष कुमार यादव (नासु),कम्प्युटर अपरेटर रञ्जित साह, खरिदारमा बब्लु कपड, राजेश कुमार झा, महेश कुमार राय, मोहम्मद साविर हुसेन, जनक राज सुवेदी (लेखापाल) तथा कास विशेष्वर पण्डित रहेका छन्।

राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंका प्रतिनिधि अधिकृत सन्तोष मिश्रले राष्ट्रिय आवाज सँग कुराकानी गर्दै कार्यालय समय बिहान ९ बजे तोकिए पनि केही कर्मचारी निर्धारित समयभन्दा ढिलो कार्यालय पुगेका थिए। अनुगमन टोलीले कर्मचारी उपस्थिती विवरण, हाजिरी र सेवाग्राहीलाई दिइने सेवाको अवस्थाबारे समेत निरीक्षण गरेको जनाएको छ।

अनुगमनका क्रममा सेवाग्राहीले लामो समयसम्म लाइन बस्नुपर्ने, केही शाखामा कामको चाप बढी रहेको तथा सेवाप्रवाह लाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको सुझाव दिएका थिए।

राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयहरूमा सुशासन, पारदर्शिता तथा कर्मचारी अनुशासन कायम गर्न नियमित रूपमा अनुगमनलाई तीव्र बनाइएको जनाएको छ। साथै कार्यालय प्रमुखलाई कर्मचारीको नियमित उपस्थिती तथा सेवाप्रवाह सुधार गर्न आवश्यक निर्देशन समेत दिइएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..