न्यायिक महोत्सव–२०८३ भव्य रूपमा सम्पन्न, जनकपुरधाममा न्याय, धर्म र सेवाको सन्देश

20 दिन पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम, वैशाख २६ गते 

 

कानुन दिवसको अवसरमा जनकपुरधाममा न्याय, धर्म र सेवाको अद्भुत सङ्गम झल्किने “न्यायिक महोत्सव–२०८३” भव्य रूपमा सम्पन्न भएको छ। उच्च अदालत जनकपुर को आयोजनामा महेन्द्र नारायण मिथिला सांस्कृतिक केन्द्रमा सम्पन्न उक्त कार्यक्रममा संवैधानिक निकायका प्रमुख, प्रदेश सरकारका उच्च पदाधिकारी, स्थानीय तहका जनप्रतिनिधि, कानुन व्यवसायी तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका प्रदेश प्रमुख प्रा. डा. सुरेन्द्र लाभ रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव तथा सभामुख रामआशिष यादव सहभागी हुनुभएको थियो।

त्यसैगरी अतिथिका रूपमा गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो तथा शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी को समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै उच्च अदालत जनकपुरका कायममुकायम मुख्य न्यायाधीश टेक नारायण कुँवर ले कानुनको शासन, न्यायिक उत्तरदायित्व तथा नागरिक सचेतनाको महत्वबारे प्रकाश पार्नुभयो। उहाँले न्याय प्रणालीप्रति जनविश्वास अझ सुदृढ बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रम व्यवस्थापनको जिम्मेवारी सतलोक आश्रम अन्तर्गत राम पाल बाबाका अनुयायीहरूले सम्हालेका थिए। कार्यक्रमको तयारीका लागि निधि भवन परिसरमा आश्रमका स्वयंसेवकहरूले विशेष सरसफाइ अभियान सञ्चालन गरेका थिए। त्यसैगरी शनिबार बिहान कानुन व्यवसायीहरूको सहभागितामा विशेष प्रभातफेरी कार्यक्रमसमेत आयोजना गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले सतलोक आश्रमको व्यवस्थापन, अनुशासन र सेवाभावको खुलेर प्रशंसा गरेका थिए। सहभागीहरूका अनुसार लाखौं–करोडौं रुपैयाँको चढावा संकलन गर्ने प्रसिद्ध जानकी मन्दिर ले समेत गर्न नसकेको व्यवस्थित सरसफाइ, सेवा र व्यवस्थापनको उदाहरण सतलोक आश्रमले प्रस्तुत गरेको थियो।

प्रभातफेरी अभियानमार्फत सहभागीहरूले जनकपुरधामका विभिन्न क्षेत्रमा कानुनी सचेतना, सामाजिक उत्तरदायित्व तथा नागरिक कर्तव्यबोधको सन्देश प्रवाह गरेका थिए। कार्यक्रमले कानुन दिवसलाई केवल औपचारिक समारोहमा सीमित नराखी न्याय, धर्म, सेवा र सामाजिक एकताको सशक्त सन्देश दिएको सहभागीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  धनुषा, जेष्ठ १४ गते  धनौजी गाउँपालिका–२ स्थित राम जानकी मन्दिर परिसरमा युवाहरुलाई लक्षि..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, जेष्ठ १३ गते    संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) को सहयोग तथा आसमान नेपा..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, जेष्ठ १४ गते    सात वर्षदेखि कार्यान्वयनको प्रतीक्षामा रहेको उद्योग प्रशास..

  बिनोद कुमार साह जनकपुरधाम, जेष्ठ १४ गते मधेस प्रदेशको धनुषा जिल्लास्थित तिरहुतिया गाछीमा पतंजली योग समिति धन..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम जेष्ठ १३गते    विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले शहीद न..