मधेशमा महिला क्रिकेटको उत्साह : ‘शहिद कप महिला क्रिकेट लिग–२०८३’ सुरु

4 महीना पहिले प्रकाशित

 

मोनु गुप्ता 

जनकपुरधाम, वैशाख ३१ गेते 

 

महिला क्रिकेटको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेल क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले “शहिद कप महिला क्रिकेट लिग प्रतियोगिता–२०८३” बिहीबार देखि जनकपुरधाममा सुरु भएको छ। प्रतियोगिता रजौल स्थित श्रीराम जानकी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजना गरिएको हो।

 

मधेश प्रदेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी प्रसाद कानुको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव सुशिल साह प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय उपाध्यक्ष रोशन सिंह, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह तथा मधेश प्रदेश खेलकुद परिषद्का कार्यकारिणी सदस्य लव अधिकारीलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी कार्यक्रममा परिषद्का प्रशासनिक प्रमुख मोहम्मद ज्याउल इस्लाम, तालिम तथा प्रशिक्षक विभाग प्रमुख भरत यादव, परिषद् सँग आबद्ध अजित मिश्रा लगायत खेल क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

कार्यक्रम संयोजक तथा मधेश प्रदेश खेलकुद परिषद्का सदस्य दिपेन्द्र कुमार गोइतले महिला क्रिकेटलाई प्रदेशस्तरबाट राष्ट्रियस्तरसम्म स्थापित गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। उहाँले यस्ता प्रतियोगिताले महिला खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

धनुषा जिल्ला क्रिकेट संघका अध्यक्ष शोभाकान्त पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्दै महिला खेलाडीलाई प्रोत्साहन गर्न नियमित प्रतियोगिता आवश्यक रहेको धारणा राख्नुभयो।

सात दिनसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन दुई खेल सम्पन्न भएका छन्। पहिलो खेलमा धनुषा र महोत्तरीबीच भएको प्रतिस्पर्धामा महोत्तरी विजयी भएको आयोजकले जनाएको छ। त्यसैगरी दोस्रो खेलमा सप्तरी र सिरहाबीच भएको प्रतिस्पर्धामा सिरहाले जित हात पारेको छ।

प्रतियोगितामा मधेश प्रदेशका विभिन्न जिल्लाका महिला क्रिकेट टोलीहरूको सहभागिता रहेको छ। आयोजकका अनुसार प्रतियोगिताले महिला क्रिकेटप्रति युवतीहरूको आकर्षण बढाउनुका साथै नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..