भगवान शिवको अर्द्धनारीश्वर रूपले लैंगिक विविधताको सन्देश दिन्छ : राज हुसेन

5 महीना पहिले प्रकाशित

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम, वैशाख ३१ गते 

 

अल्पसंख्यक समुदायको अधिकार, पहिचान र सामाजिक समावेशिताका विषयमा जनकपुरधाममा आयोजित “क्युरीयोसिटी सेसन” कार्यक्रममा वक्ताहरूले लैंगिक विविधतालाई समाजले सम्मानपूर्वक स्वीकार गर्नुपर्नेमा जोड दिएका छन्।

ब्लू डायमण्ड सोसाइटी र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा जनकपुरधामस्थित वेलकम होटलमा सम्पन्न कार्यक्रममा सहभागीहरू बाल अधिकारका क्षेत्रमा कार्यरत सबल नेपालले उपलब्ध गराएको जनाएको छ।

कार्यक्रममा बोल्दै नील हिरा समाजका कोषाध्यक्ष राज हुसेनले भगवान शिवको अर्द्धनारीश्वर रूपको चर्चा गर्दै हिन्दु धर्म र सभ्यतामा समेत लैंगिक विविधताको स्वीकार्यता रहेको बताए। उनले अर्द्धनारीश्वरको स्वरूपले महिला र पुरुष दुवै अस्तित्वको समान महत्व तथा सहअस्तित्वको सन्देश दिने उल्लेख गरे।

कार्यक्रम सञ्चालन नील हिरा समाजका एन्जेलले गरेका थिए। उनले महाभारतका पात्र शिखण्डीको प्रसङ्ग उल्लेख गर्दै प्राचीन कालदेखि नै समाजमा फरक लैंगिक पहिचान भएका व्यक्तिहरूको अस्तित्व रहेको धारणा राखे।

कार्यक्रममा एलजीबीटीक्यूआईए+ (लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्सजेन्डर, क्वियर, इन्टरसेक्स, एसेक्सुअल तथा अन्य लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय) का अधिकार, सामाजिक विभेद, मानसिक स्वास्थ्य, कानुनी संरक्षण र समावेशीताका विषयमा छलफल गरिएको थियो।

सबल नेपालका फिल्ड म्यानेजर नीर बहादुर आले लगायत विभिन्न सामाजिक अभियन्ता, युवा तथा सरोकारवालाहरूको सहभागिता रहेको कार्यक्रममा वक्ताहरूले सबै नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..