जनकपुरमा सातौं साहित्य महोत्सव सुरु

4 महीना पहिले प्रकाशित

राष्ट्रिय अवाज 

जनकपुरधाम, जेठ १ गते 

जनकपुरधाममा आज सुक्रबार देखि सातौं संस्करणको ‘जनकपुर साहित्य महोत्सव’ सुरु भएको छ। नव मिथिला फाउण्डेशनको आयोजनामा सुरु भएको महोत्सव नेपाल सरकार, जनकपुरधाम उपमहानगरपालिका, क्याक्टस लगायत विभिन्न संस्थाको सहयोगमा आयोजना गरिएको हो।

महोत्सवको उद्घाटन मधेश प्रदेशका प्रमुख डा. सुरेन्द्र लाभ कर्ण ले गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले जनकपुरधामको सांस्कृतिक तथा सभ्यतागत पहिचान लाई साहित्यिक विमर्श सँग जोड्ने प्रयास प्रशंसनीय रहेको बताउनुभयो। मैथिली, नेपाली तथा नेवारी भाषा–संस्कृतिलाई जोड्ने कार्यक्रमले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो।

नेपालका उद्योगी तथा गैरआवासीय नेपाली संघका संस्थापक डा. उपेन्द्र महतो ले नेपाललाई समृद्ध राष्ट्रका रूपमा हेर्ने आफ्नो चाहना रहेको उल्लेख गर्दै त्यसका लागि दृढ संकल्प र व्यवहारिक काम आवश्यक रहेको बताउनुभयो।

 

धनुषा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य तथा महोत्सवका परिकल्पनाकार मनिष झा ले नव मिथिला फाउण्डेश नमार्फत भाषा, साहित्य, कला, संस्कृति तथा स्थानीय उत्पादनको प्रवर्द्धनका लागि निरन्तर काम हुँदै आएको जानकारी दिनुभयो।

भारतको वीरगञ्जस्थित महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले साहित्य महोत्सवले लोकसंस्कृति, परम्परा र संस्कार संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा नव मिथिला फाउण्डेशनका अध्यक्ष अमित साहले महोत्सव लाई मधेशको बौद्धिक विमर्शको महत्वपूर्ण प्लेटफर्मका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताउनुभयो। उहाँले देश तथा विदेशका साहित्यकार, चिन्तक, शिक्षाविद् र विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिताले कार्यक्रमलाई थप समृद्ध बनाउने उल्लेख गर्नुभयो।

तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा समसामयिक विषयमा बहस, विचार विमर्श, आलोचना, समालोचना, प्रवचन तथा सांस्कृतिक गतिविधि आयोजना गरिने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..