सुशासन अभियानअन्तर्गत यातायात कार्यालयमा विचौलिया माथि कडाइ, तीन पक्राउ

3 महीना पहिले प्रकाशित

 

राष्ट्रिय अवाज 

जनकपुरधाम, जेष्ठ १ गते 

यातायात व्यवस्था कार्यालय जनकपुरधाम बाट तीन जना विचौलिया लाई प्रहरीले पक्राउ गरेको छ ।

कार्यालयमा कामकाजका लागि आउने सेवाग्राहीलाई झन्झट तथा हैरानी दिने गरेको गुनासो तथा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–२ शिवचोक बस्ने वर्ष २२ का अंकित कुमार साह, सर्लाही जिल्लाको गोडैता नगरपालिका–६ बस्ने वर्ष ३० का चिन्टु कुमार सिंह तथा धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–३ बस्ने वर्ष २१ का राजेश साह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक गणेश बहादुर बमका अनुसार सेवाग्राहीलाई अनावश्यक हैरानी दिई कार्यालयभित्र विचौलियाको भूमिका निर्वाह गरिरहेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रधान मन्त्री वालेन्द्र शाह नेतृत्वमा सुशासन, पारदर्शिता तथा कार्यालयहरूमा हुने अनियमितता नियन्त्रण अभियान लाई तीव्र बनाइएपछि विभिन्न सरकारी कार्यालयबाट विचौलिया पक्राउ पर्ने क्रम बढ्दै गएको छ । स्थानीयवासीले पनि सरकारी सेवा सहज र पारदर्शी बनाउन यस्ता कारबाही आवश्यक रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..