आमा–छोराको शंकास्पद मृत्यु : परिवार द्वारा हत्याको आरोप, निष्पक्ष छानबिनको माग

3 महीना पहिले प्रकाशित

 

डी एस मण्डल

जनकपुरधाम, जेठ ३ गते 

 धनुषाको धनुषाधाम नगरपालिकामा एक महिला र उनका १८ महिनाका छोरा मृत अवस्थामा फेला परेको घटनाले नयाँ मोड लिएको छ । मृतकका माइती पक्षले आमा–छोराको हत्या गरिएको आरोप लगाउँदै निष्पक्ष अनुसन्धानको माग गरेका छन् ।

गत वैशाख २४ गते धनुषाधाम नगरपालिका–७ किसानपुर निवासी २४ वर्षीया बबिता साह आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् भने उनका १८ महिनाका छोरा पनि मृत अवस्थामा भेटिएका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार प्रारम्भिक अनुसन्धानमा बबिताले आफ्ना छोराको हत्या गरी आफूले आत्महत्या गरेको देखिएको जनाएको छ ।

तर आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मृतक बबिताकी आमा बिणा देवी साहले छोरी र नातिको हत्या गरिएको दाबी गरिन् । उनले छोरीलाई हत्या गरेर झुण्ड्याइएको तथा नातिको पनि हत्या गरिएको आरोप लगाइन् ।

उनका अनुसार ज्वाइँ धर्मेन्द्र साह केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर आएर पुनः विदेश फर्किएका थिए । करिब २० दिनअघि उनी विदेश गएको बताइएको छ ।

बिणा देवी साहले वैशाख २३ गते राति बबिताको आफ्ना ससुरा प्रमोद साह, जेठाजु विरेन्द्र साह, सासु तथा जेठानीसँग विवाद भएको बताइन् । “मेरो छोरी पढेलेखेकी थिइन्, उनी सधैं केही राम्रो गर्न खोज्थिन् । यही कुरा उनीहरूलाई मन पर्दैनथ्यो,” उनले पत्रकार सम्मेलनमा भनिन् ।

घरायसी हिसाब–किताबको विषयलाई लिएर विवाद भएको र सोही राति छोरी तथा नातिको हत्या गरिएको उनको आरोप छ । घटनाको निष्पक्ष अनुसन्धान गरी दोषी माथि कारबाही गर्न उनले सम्बन्धित निकायसँग माग गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..