विश्व उच्च रक्तचाप दिवसमा जनचेतना मूलक कार्यक्रम “रक्तचाप नियन्त्रण सबैको साझा जिम्मेवारी”

5 महीना पहिले प्रकाशित

मोनु गुप्ता 

जनकपुरधाम, जेठ ३ गते 

 

विश्व उच्च रक्तचाप दिवसको अवसरमा जनकपुरधाममा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरेका छन्। स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित प्रभातफेरि, निःशुल्क स्वास्थ्य परीक्षण शिविर तथा जनचेतनामूलक सन्देश प्रवाह कार्यक्रमहरू आयोजना गरिएको हो।

कार्यक्रममा लायन्स क्लब अफ जनकपुरधाम, लायन्स क्लब अफ जनकपुरधाम गार्गी, लियो क्लब अफ जनकपुरधाम तथा लियो क्लब अफ जनकपुरधाम क्यापिटल को संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागीहरूले “स्वस्थ जीवनशैली अपनाऔं, नियमित जाँच गराऔं” भन्ने नारासहित नगर क्षेत्रमा प्रभातफेरि गर्दै जनचेतनामूलक सन्देश प्रवाह गरेका थिए।

लायन्स क्लब जनकपुरका सक्रिय सदस्य तथा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १० का वडा सचिव जमुना भुजेलले उच्च रक्तचापलाई “मौन हत्यारा”को रूपमा चित्रण गर्दै सबै नागरिकलाई नियमित स्वास्थ्य परीक्षण, सन्तुलित आहार र स्वस्थ जीवनशैली अपनाउन आग्रह गर्नुभयो।

त्यसैगरी प्रादेशिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. राजेश साहले उच्च रक्तचाप नियन्त्रण केवल चिकित्सकको प्रयासले मात्र सम्भव नहुने बताउनुभयो। उहाँका अनुसार परिवार, समाज र सम्पूर्ण पक्षको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्दै समयमै परीक्षण, औषधि सेवनमा नियमितता, धूम्रपान तथा मद्यपान त्याग, नियमित व्यायाम र मानसिक तनाव व्यवस्थापनलाई मुख्य आधारका रूपमा अपनाउनुपर्नेमा जोड दिनुभयो।

स्वास्थ्यकर्मीहरूले उच्च रक्तचाप समयमै नियन्त्रण नगरे हृदयघात, स्ट्रोक तथा अन्य जटिल रोगहरूको जोखिम बढ्ने चेतावनीसमेत दिएका छन्।

कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा सहभागी स्थानीय बासिन्दाहरूको रक्तचाप जाँच गरिएको थियो भने आवश्यक परामर्श समेत प्रदान गरिएको थियोे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..