मदन–आश्रित स्मृति दिवसमा नेकपा धनुषा द्वारा बृहत रक्तदान

3 महीना पहिले प्रकाशित

दिपक श्रेष्ठ मण्डल

धनुषा, जेठ ३

 

३३ औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी धनुषा जिल्ला कमिटीको आयोजनामा पार्टी कार्यालयमा आयोजित बृहत रक्तदान कार्यक्रममा ३० जनाले स्वेच्छिक रूपमा रगत दान गरेका छन्।

पार्टीका नेता तथा कार्यकर्ताहरूको सक्रिय सहभागितामा सम्पन्न उक्त कार्यक्रमले आपतकालीन अवस्थामा रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्य लिएको भोला यादव ,धनुषा जिल्ला अध्यक्ष ने.क.पा.एमाले ले जनाएको छ।

 

कार्यक्रममा सहभागी रक्तदाताहरूले समाजसेवाप्रतिको उत्तरदायित्व वहन गर्दै मानव जीवन बचाउन योगदान दिन पाउँदा खुसी व्यक्त गरेका थिए। रक्तदान जस्तो महान कार्यले सामाजिक एकता र मानवीय सहयोगलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

मदन भण्डारी र जीवराज आश्रितको स्मृतिमा हरेक वर्ष आयोजना हुँदै आएको यस्ता कार्यक्रमहरूले उनीहरूको विचार र योगदानलाई जीवित राख्न महत्वपूर्ण भूमिका खेल्दै आएको आयोजकको भनाइ छ।

संकलित रगत सम्बन्धित स्वास्थ्य संस्थामार्फत आवश्यक बिरामीहरूको उपचारमा प्रयोग गरिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..