“खेली मधेश, जिती मधेश” नारासहित प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सुरु

5 महीना पहिले प्रकाशित

राष्ट्रिय आवाज 

जनकपुरधाम, जेठ ४ गते 

मधेश प्रदेशमा “खेली मधेश, जिती मधेश” भन्ने मूल नारासहित प्रदेशस्तरीय खेलकुद प्रतियोगिता आज सोमबार देखि सुरु भएको छ।

 

मधेश प्रदेश खेलकुद परिषद्को आयोजनामा जनकपुरधाम स्थित कभर्ड हलमा उद्घाटन गरिएको प्रतियोगिता प्रदेशभरका विभिन्न खेल मैदान तथा कभर्ड हलमा सञ्चालन हुने जनाइएको छ। खेलकुदको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा राष्ट्रियस्तरका प्रतियोगिताका लागि दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको परिषद्ले जनाएको छ।

प्रतियोगितामा भलिबल, फुटबल, टेबलटेनिस, खो–खो, ह्यान्डबल, तेक्वान्दो, बास्केटबल, जुडो, ब्याडमिन्टन, भारोत्तोलन, वृद्धिचाल, उसु, हक्कीलगायत १९ वटा खेल समावेश छन्।

उद्घाटन समारोहमा बोल्दै परिषद्का सदस्य सचिव शिवजी प्रसाद कानुले प्रदेशमा खेलकुद गतिविधिलाई थप सशक्त बनाउँदै युवालाई खेलतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो। उहाँले प्रदेशस्तरमा खेल पूर्वाधार विस्तारसँगै खेलाडी उत्पादनमा परिषद्ले प्राथमिकता दिएको उल्लेख गर्नुभयो।

कार्यक्रम परिषद्का सदस्य अस्गर खान र सुनिल यादवको संयुक्त अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा मधेश प्रदेशका पूर्वमन्त्री तथा मधेश प्रदेश भलिबल सङ्घका अध्यक्ष ज्ञानेन्द्र कुमार यादव, परिषद्का सदस्य दिपेन्द्र गोइत, कार्यालय प्रमुख ज्याउल हक, प्रशिक्षण विभाग प्रमुख भरत यादव, अधिकृत अजित अधिकारीलगायत विभिन्न खेल सङ्घका पदाधिकारी, रेफ्री, प्रशिक्षक, व्यवस्थापक तथा खेलाडीहरूको उपस्थिति रहेको थियो।

पूर्वमन्त्री यादवले खेलाडीको हकअधिकार, सेवा–सुविधा तथा उपयुक्त खेल वातावरण निर्माणका लागि नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो।

परिषद्का अनुसार प्रतियोगितामा मधेश प्रदेशका आठवटै जिल्लाबाट खेलाडी, प्रशिक्षक तथा खेल पदाधिकारीको सहभागिता रहेको छ। प्रत्येक जिल्लाबाट १६७ पुरुष खेलाडी, १०८ महिला खेलाडी, १८ प्रशिक्षक र १० व्यवस्थापक गरी ३०३ जना सहभागी रहेका छन्। १९ विधाका खेलमा प्रदेशभर बाट कुल २ हजार ४ सय ७२ खेलाडी सहभागी भएको परिषद्ले जनाएको छ।

दुई करोड ५५ लाख रुपैयाँ लागतमा सञ्चालन भएको प्रतियोगितामा प्रथम हुने टोलीलाई २५ हजार रुपैयाँ, द्वितीय हुनेलाई १५ हजार रुपैयाँ तथा तृतीय हुनेलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..