हँसपुर नगरपालिकामा पहिलो पटक ‘स्वर्ण बिन्दु प्राशन’ कार्यक्रम हुने

5 महीना पहिले प्रकाशित

 

मोनु गुप्ता 

धनुषा, जेठ ५ गते 

हँसपुर नगरपालिका आयुर्वेद शाखाको आयोजनामा बालबालिकाको स्वास्थ्य तथा पोषण सुधार गर्ने उद्देश्यले “स्वर्ण बिन्दु प्राशन कार्यक्रम” सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरु लाई स्वर्ण बिन्दु निर्माण गर्ने तरिका, यसको उपयोगिता तथा बाल स्वास्थ्यमा पर्ने प्रभावबारे आयुर्वेद बालरोग विशेषज्ञ डा. राकेश कुमार सिंहले प्रशिक्षण दिएका थिए।

कार्यक्रमअन्तर्गत आगामी जेठ ७ गतेदेखि बिहान ८ बजेदेखि सोनिगामा आयुर्वेद औषधालयमा १ देखि ५ वर्षसम्मका बालबालिकालाई स्वर्ण बिन्दु प्राशन गराइने आयुर्वेद शाखा प्रमुख वरिष्ठ कविराज निरीक्षक राम छविला यादवले जानकारी दिए।

बहुक्षेत्रीय पोषण कार्यक्रम (MSNP) अन्तर्गत सञ्चालन हुने उक्त कार्यक्रमबारे जनस्वास्थ्य अधिकृत शिखा झा ले नगरपालिकाको पोषण अवस्थाबारे जानकारी दिँदै बाल पोषण सुधारमा यस कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउँने बताइन्।

 

आयुर्वेद शाखाका अनुसार स्वर्ण बिन्दु सिंहदर बार वैद्यखाना बाट निर्मित स्वर्ण भस्म, ब्राह्मी घृत तथा महको मिश्रणबाट आयुर्वेद विशेषज्ञको रोहवरमा तयार गरिन्छ। आयुर्वेद चिकित्सा पद्धतिअनुसार यसलाई विशेषगरी पुष्य नक्षत्रका दिन सेवन गराउँदा बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि भई निरोगी बन्न सहयोग पुग्ने विश्वास रहेको बालरोग विशेषज्ञले बताए।

 

नगरपालिकाले दिएको जानकारीअनुसार स्थानीय तहस्तरमा नेपालमै पहिलो पटक हँसपुर नगरपालिकाले यो कार्यक्रम सञ्चालन गर्न लागेको हो। यसअघि प्रदेशस्तरीय आयुर्वेद चिकित्सालयहरूले मात्र यस्तो कार्यक्रम सञ्चालन गर्दै आएका थिए।

 

कार्यक्रममा स्वर्ण बिन्दु सेवनबाट रोग प्रतिरोधात्मक क्षमता वृद्धि, स्मरण शक्ति तथा बुद्धि विकास, पाचन सुधार तथा बारम्बार हुने रोगबाट बच्ने फाइदाबारे जानकारी गराइएको थियो। साथै ज्वरो, अतिसार वा आपतकालीन अवस्थाका बालबालिकालाई स्वर्ण प्राशन नखुवाउन तथा सेवनपछि ३० मिनेटसम्म केही नखुवाउन आग्रह गरेका छ्न।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..