स्वर्गीय सुनिल थापाको अन्तिम चलचित्र “कुम्भ” को जनकपुरधाममा भव्य प्रमोसन

3 महीना पहिले प्रकाशित

दीपक श्रेष्ठ मंडल

जनकपुरधाम, जेष्ठ ५ गते

जनकपुरधाममा नेपाली कथानक चलचित्र “कुम्भ” (The Reign of Power) को भव्य प्रमोसन कार्यक्रम सम्पन्न भएको छ। “ए रस प्रोडक्सन” तथा “रा डिजिटल नेपाल” को प्रस्तुतिमा निर्माण भएको हिन्दी–नेपाली भाषाको “एक्शन थ्रिलर” चलचित्र “कुम्भ” प्रति दर्शकमाझ विशेष उत्साह देखिएको छ। करिब १ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण भएको यस चलचित्रलाई नेपाली चलचित्र क्षेत्रका चर्चित तथा स्वर्गीय कलाकार सुनिल थापाको अन्तिम चलचित्रका रूपमा समेत हेरिएको छ।

जनकपुरधाम स्थित रघुपति पार्टी प्यालेसमा आयोजित कार्यक्रममा चलचित्रको कथा, अभिनय, निर्माण पक्ष तथा आगामी जेठ १५ गते (May 29) हुने प्रदर्शनबारे जानकारी गराइएको थियो। कार्यक्रममा वक्ताहरूले नेपाली चलचित्र क्षेत्रको विकासका लागि यस्ता सिर्जनात्मक प्रयास आवश्यक रहेको उल्लेख गर्दै चलचित्र “कुम्भ” सफलताको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा अध्यक्षता अशोक आर्यन यादवले गर्नुभएको थियो भने मधेश प्रदेश प्रमुख माननीय राम आशिष यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टी मधेश प्रदेशका युवा प्रमुख अम्बु प्रसाद साह, उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ तथा उद्योग उपाध्यक्ष गौतम साहलगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी मधेश प्रदेश चलचित्र बोर्ड तथा लोक सञ्चार बोर्डका पूर्व सदस्य पुष्पा यादव, कलाकार सरोज सन्त, श्री महावीर युवा कमिटीका पूर्व अध्यक्ष अजय गुप्ता लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले नेपाली चलचित्र उद्योगलाई अझ सशक्त बनाउन स्थानीय स्तरमा हुने यस्ता प्रमोसन कार्यक्रमले ठूलो योगदान पुर्या्उने धारणा राखेका थिए। उनीहरूले “कुम्भ” ले नेपाली चलचित्र क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गर्दै स्वर्गीय सुनिल थापाप्रति भावपूर्ण श्रद्धाञ्जली समेत अर्पण गरेका थिए।

कार्यक्रमको उद्घोषण विकास साहले गर्नुभएको थियो भने जेसी दीपक गुप्ताको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको होे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..