सारा बचत तथा ऋण सहकारी संस्थाको रजत जयन्ति सम्पन्न

8 दिन पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल 

राष्ट्रिय आवाज

जनकपुरधाम, जेठ ७ गते 

श्री सारा बचत तथा ऋण सहकारी संस्था लि.को २५ औँ वार्षिक उत्सव तथा रजत जयन्ति समारोह आज भव्य रूपमा सम्पन्न भएको छ। जनकपुरधाम–७ स्थित होटल अनापूर्न सभाकक्षमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष मनोज कुमार महतोको अध्यक्षता तथा मधेश प्रदेश सभाका सभामुख माननीय राम आशिष यादवको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष मनोज कुमार महतोले सहकारी संस्था स्थापना काल देखि नै सदस्यहरूको आर्थिक उन्नति, बचतको संस्कार विकास तथा सहज ऋण प्रवाह मार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ काम गर्दै आएको बताए। उनले विगत २५ वर्षको यात्रा सदस्यहरूको विश्वास, सहयोग र निरन्तर साथकै कारण सफल भएको उल्लेख गरे।

 

अध्यक्ष महतोले सहकारी क्षेत्र अहिले विभिन्न चुनौती बाट गुज्रिरहेको अवस्थामा पारदर्शिता, अनुशासन र सदस्य प्रतिको जिम्मेवारीलाई अझ मजबुत बनाउँदै संस्थालाई अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे। उनले आगामी दिनमा प्रविधिमैत्री सेवा विस्तार, युवालाई सहकारी अभियानसँग जोड्ने तथा आर्थिक रूपमा कमजोर वर्गलाई प्राथमिकतामा राखेर काम गरिने जानकारी दिए।

प्रमुख अतिथि सभामुख राम आशिष यादवले सहकारी संस्थाहरूले समाजमा आर्थिक आत्मनिर्भरता वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै राज्यले पनि सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने बताए। उनले सारा सहकारीले छोटो समयमै सदस्यहरूको विश्वास जित्न सफल भएको भन्दै संस्थाको आगामी यात्रा अझ सफल रहोस् भन्ने शुभकामना व्यक्त गरे।

कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्व, सहकारीकर्मी, बुद्धिजीवी, सदस्य तथा स्थानीय सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। समारोहमा संस्थाको २५ वर्षे यात्राबारे चर्चा गर्नुका साथै सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम समेत सम्पन्न गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  धनुषा, जेष्ठ १४ गते  धनौजी गाउँपालिका–२ स्थित राम जानकी मन्दिर परिसरमा युवाहरुलाई लक्षि..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, जेष्ठ १३ गते    संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) को सहयोग तथा आसमान नेपा..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, जेष्ठ १४ गते    सात वर्षदेखि कार्यान्वयनको प्रतीक्षामा रहेको उद्योग प्रशास..

  बिनोद कुमार साह जनकपुरधाम, जेष्ठ १४ गते मधेस प्रदेशको धनुषा जिल्लास्थित तिरहुतिया गाछीमा पतंजली योग समिति धन..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम जेष्ठ १३गते    विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले शहीद न..