हंसपुर नगरपालिकामा पहिलो पटक ‘स्वर्ण बिन्दु प्राशन’ कार्यक्रम सुरु

5 महीना पहिले प्रकाशित

मोनु गुप्ता

धनुषा, जेठ ७ गते — धनुषाको हंसपुर नगरपालिका मा मधेश प्रदेशकै स्थानीय तहहरूमध्ये पहिलो पटक ‘स्वर्ण बिन्दु प्राशन’ कार्यक्रम सञ्चालनमा ल्याइएको छ। हंसपुर नगरपालिका आयुर्वेद शाखा प्रमुख वरिष्ठ कविराज निरीक्षक राम छविला यादवको पहलमा बहुक्षेत्रीय पोषण कार्यक्रम (MSNP) अन्तर्गत “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने मूल नारासहित कार्यक्रम सुरु गरिएको हो।

 

सोनिगामा आयुर्वेद औषधालयमा आयोजित कार्यक्रममा १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई पुष्य नक्षत्रका दिन स्वर्ण बिन्दु प्राशन सेवन गराइने व्यवस्था गरिएको छ। आयुर्वेद पद्धतिअनुसार तयार गरिने उक्त औषधिले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

 

कार्यक्रमको उद्घाटन गर्दै दुर्गी देवी मंडल ले बालबालिकाको स्वास्थ्य संरक्षणका लागि आयुर्वेदिक पद्धतिलाई स्थानीय तहसम्म विस्तार गर्नु अत्यन्त सकारात्मक कदम भएको बताइन्। उनले स्वस्थ बालबालिका नै स्वस्थ समाज र समृद्ध राष्ट्रको आधार भएको उल्लेख गर्दै अभिभावकलाई बालबालिकाको पोषण र नियमित स्वास्थ्य परीक्षणप्रति सचेत रहन आग्रह गरिन्।

 

विशिष्ट अतिथिका रूपमा उपस्थित डा. महारुद्र ठाकुर ले आयुर्वेद उपचार पद्धति प्राकृतिक र दीर्घकालीन रूपमा प्रभावकारी रहेको उल्लेख गर्दै बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न स्वर्ण बिन्दु प्राशन उपयोगी हुने बताए। उनले आधुनिक जीवनशैलीसँगै स्वस्थ खानपान, नियमित व्यायाम र प्राकृतिक उपचार पद्धतिलाई अपनाउनुपर्नेमा जोड दिए।

 

कार्यक्रममा अभिभावक, स्वास्थ्यकर्मी तथा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो। आयुर्वेद शाखाका अनुसार बालबालिकाको पोषण अवस्था सुधार गर्दै स्वस्थ र सबल भविष्य निर्माण गर्ने उद्देश्यले कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..