विदेह नगरपालिकामा ६ दिने शिक्षक तालिम सुरु

3 महीना पहिले प्रकाशित

 

मोनु गुप्ता 

धनुषा, जेष्ठ ७ गते 

 

आसमान नेपाल द्वारा सञ्चालित बि.टी.बी. परियोजना अन्तर्गत स्ट्रीट चाइल्ड अफ नेपाल को प्राविधिक सहयोग, हेन्पेल फाउन्डेसन को आर्थिक सहयोग तथा विदेह नगरपालिका को समन्वय एवं सहकार्यमा विदेह नगरपालिकामा ६ दिने टिचिङ एट द राइट लेभल (टिएआरएल) शिक्षक तालिम आज सुरु भएको छ।

 

२०८३ साल जेठ ७ गतेदेखि सुरु भएको उक्त तालिममा नगरपालिका भित्रका १३ वटा विद्यालयबाट २/२ जना शिक्षक गरी जम्मा २६ जना शिक्षक सहभागी भएका छन्। तालिम मार्फत विद्यार्थीको सिकाइ स्तर अनुसार शिक्षण गर्ने टिचिङ एट द राइट लेभल (टिएआरएल) विधि बारे प्रशिक्षण प्रदान गरिने जनाइएको छ।

 

कार्यक्रममा स्ट्रीट चाइल्ड अफ नेपाल का प्रतिनिधि अरुण कोजुको सहभागिता रहेको छ भने तालिमको सहजीकरण आसमान नेपालका प्रशिक्षकहरू अशोक कुमार चौधरी, रईस अन्सारी तथा सुजिता ठाकुरले गरिरहेका छन्।

त्यसैगरी विदेह नगरपालिकाका तर्फबाट अशोक कुमार साह सूचीकृत प्रशिक्षकका रूपमा सक्रिय सहभागी रहेका छन्।आयोजकका अनुसार तालिमको मुख्य उद्देश्य शिक्षकहरूको क्षमता अभिवृद्धि गर्दै विद्यार्थीहरूको आधारभूत सिकाइ उपलब्धिमा सुधार ल्याउनु रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..