युवा नै ओपन पार्लियामेन्टको प्रमुख स्टेकहोल्डर,युवा मैत्री संसदीय पहुँचमा विशेष जोड

5 महीना पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल 

जनकपुरधाम, जेष्ठ ७ गते 

 

मधेस प्रदेशमा युवा केन्द्रित संसदीय पहुँच प्रवर्द्धन तथा सार्वजनिक सुनुवाइ कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले जनकपुरधाममा एक दिने परामर्श कार्यक्रम सम्पन्न गरिएको छ। मधेस प्रदेश सचिवालयको आयोजनामा, युएनडिपीको सहयोग तथा पिपुल्स प्रमोट सेन्टर धनुषाको समन्वय र सहकार्यमा जनकपुरधाम स्थित रामा होटलमा बिहीबार कार्यक्रम सम्पन्न भएको हो। 

 

मधेस प्रदेश सभाका सभामुख राम आशिष यादव को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा युवालाई संसदीय गतिविधि सँग जोड्ने, विद्यालय तहदेखि नै नागरिक दायित्व बारे सचेत गराउने तथा सार्वजनिक सुनुवाइ मार्फत जनताका आवाज नीति निर्माण तहसम्म पुर्याउँने विषयमा व्यापक छलफल गरिएको थियो। सभामुख यादवले लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो। उहाँले सार्वजनिक सुनुवाइ तथा संसदीय पहुँच सम्बन्धी कार्यक्रमले नागरिक र जनप्रतिनिधि बीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। पिपल्स प्रमोट सेन्टरका प्रेसिडेन्ट कमलेश कुमार मण्डल को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश मामिला समितिका सभापति रत्नेश्वर गोइत, अर्थ तथा योजना समितिकी सभापति अनिता साह, महिला, बालबालिका तथा सामाजिक न्याय समितिकी सभापति रुपा कुमारी यादव तथा विकास समितिका सभापति शारदा शंकर कलवार लगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह रौनियार, पिपुल्स प्रमोट सेन्टरका इभेन्ट डाइरेक्टर प्रेमकान्त झा, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, पत्रकार, विद्यार्थी तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रममा युएनडिपीका संसदीय मामिला अधिकृत विटु बाबु श्रीवास्तव ले युवा र विद्यार्थीहरू ओपन पार्लियामेन्टका सबैभन्दा ठूलो स्टेकहोल्डर भएको उल्लेख गर्दै युवामैत्री संसदीय पहुँचमा विशेष जोड दिनुपर्ने बताउनुभयो। पिपुल्स प्रमोट सेन्टरले यही उद्देश्यलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरिरहेको उहाँको भनाइ थियो। परामर्श कार्यक्रममा समसामयिक सवालहरूमा सार्वजनिक सुनुवाइ, युवा केन्द्रित संसदीय पहुँच तथा विद्यालय केन्द्रित नागरिक संलग्नता सम्बन्धी जनचेतनामूलक कार्यक्रम मधेस प्रदेशका विभिन्न जिल्लामा सञ्चालन गरिने जानकारी समेत दिइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..