हिमेश चौधरी र सिम्रनको अभिनय रहेको “हम भगेली फिदा” सार्वजनिक

5 महीना पहिले प्रकाशित

 

मोनु गुप्ता 

राष्ट्रिय आवाज

जनकपुरधाम, जेष्ठ ९ गते 

स्थानीय कलाकारहरूको सक्रियता सँगै मैथिली गीत–संगीत क्षेत्रमा नयाँ सिर्जनाहरू आउने क्रम जारी रहेका बेला गायक तथा कलाकार हिमेश चौधरीको नयाँ मैथिली गीत “हम भगेली फिदा” आज सार्वजनिक गरिएको छ।

 

ड्रिम म्युजिकको प्रस्तुतिमा निर्माण गरिएको उक्त गीत जनकपुरधाम स्थित महावीर चोकको होटल किशनमा आयोजित कार्यक्रम बीच सार्वजनिक गरिएको हो। कार्यक्रममा संगीतप्रेमी, कलाकार तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

रोमान्टिक कथावस्तुमा आधारित गीतमा हिमेश चौधरीकै शब्द तथा स्वर रहेको छ। गीतको भिडियोमा हिमेश चौधरी सँगै स्नातक तहमा अध्ययनरत सिम्रनको अभिनय देख्न सकिन्छ। भिडियोमा प्रस्तुत गरिएको भावनात्मक तथा आकर्षक दृश्यले दर्शकको ध्यान खिच्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको उद्घोषण किसन भगतले गरेका थिए। कार्यक्रममा सहभागीहरूले मैथिली संगीत लाई आधुनिक शैलीमा प्रस्तुत गर्दै नयाँ पुस्तालाई जोड्ने प्रयास सकारात्मक रहेको बताएका थिए।

गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आउन थालेको आयोजकले जनाएको छ। स्थानीय कलाकारहरूले यस्ता सिर्जनात्मक कार्यले मैथिली भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..