दुई दिने सोतोकान नेशनल कराते च्याम्पियनसिप सम्पन्न

5 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

जनकपुरधाम, जेष्ठ १० गते आइतबार

जनकपुरधाममा आयोजित दुई दिने सोतोकान नेशनल कराते च्याम्पियनसिप आज भव्य रूपमा सम्पन्न भएको छ। जनकपुरधाम उपमहानगरपालिका–८ वडा कार्यालयको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट आएका खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

विभिन्न तौल समूह तथा विधामा सम्पन्न प्रतिस्पर्धा निकै रोमाञ्चक र उत्साहजनक बनेको आयोजकले जनाएको छ। प्रतियोगिताभर खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै दर्शकहरूको मन जित्न सफल भएका थिए।

 

समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा माननीय दीपेन्द्र कुमार ठाकुरको उपस्थिति रहेको थियो। कार्यक्रममा मन्तव्य राख्दै उहाँले खेलकुदले युवालाई अनुशासित, स्वस्थ तथा सकारात्मक सोचतर्फ प्रेरित गर्ने बताउनुभयो। उहाँले करातेजस्ता खेलले आत्मरक्षा, आत्मविश्वास अभिवृद्धि तथा राष्ट्रिय पहिचान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गर्नुभयो।

 

प्रतियोगितामा खेलकुद परिषद्का सदस्य लभ अधिकारी, कराते प्रशिक्षक सुभाष पाठक तथा राम बाबु साह लगायत खेलकर्मीहरूको उपस्थिति रहेको थियो। साथै रेफ्री टिम, मेडिकल टिम तथा खेलप्रेमी दर्शकहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

कार्यक्रमको समापनसँगै उत्कृष्ट खेलाडीहरू लाई सम्मान तथा पुरस्कार वितरण समेत गरिएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..