ठूला करदातालाई ठूलो राशिसहित सम्मान गरिने : उद्योग मन्त्री पटेल

3 महीना पहिले प्रकाशित

 

 

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम, जेठ ११ गते

व्यवसाय तथा मानव अधिकार सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाममा आज सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश, जनकपुरधामको आयोजनामा उद्योग वाणिज्य संघको कार्यालयमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा मधेस प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिश पटेल सहभागी रहेका थिए।

कार्यक्रममा बोल्दै मन्त्री पटेलले व्यवसायिक क्षेत्रको विकाससँगै मानव अधिकारको सम्मान तथा श्रमिकमैत्री वातावरण निर्माण आवश्यक रहेको बताए। उनले निजी क्षेत्र, सञ्चार क्षेत्र तथा नागरिक समाजबीच समन्वय र सहकार्य बढाउनुपर्नेमा जोड दिए।

 

मन्त्री पटेलले कर तिर्ने व्यवसायीलाई राज्यले सम्मान गर्नुपर्ने उल्लेख गर्दै ठूला करदातालाई ठूलो राशिसहित सम्मान गर्ने योजना रहेको जानकारी दिए। उनले व्यवसायीमैत्री वातावरण निर्माण गर्दै आर्थिक गतिविधिलाई थप सशक्त बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

 

अध्यक्षीय मन्तव्य दिँदै उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले व्यवसायिक गतिविधि सञ्चालन गर्दा मानव अधिकार संरक्षणलाई बेवास्ता गर्न नहुने धारणा राखे। उनले उद्योगी–व्यवसायीहरूले श्रमिकको अधिकार, सुरक्षित कार्य वातावरण तथा सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताए। व्यवसायिक क्षेत्र र मानव अधिकारबीच सन्तुलन कायम भए मात्रै दिगो आर्थिक विकास सम्भव हुने उनको भनाइ थियो।

अन्तरक्रियामा नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामत, पिपुल्स प्रमोट सेन्टरका अध्यक्ष कमलेश कुमार मण्डललगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा मानव अधिकारको वर्तमान अवस्था, व्यवसायिक गतिविधिमा मानव अधिकार संरक्षण तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गरिएको थियो।

कार्यक्रमको सञ्चालन पत्रकार कैलाश दासले गरेका थिए भने मानव अधिकार मधेस प्रदेशका संयोजक बुद्ध नारायण सहनीले कार्यक्रमको उद्देश्य तथा मानव अधिकार सम्बन्धी विषयवस्तुमाथि प्रकाश पारेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..