धनुषाको लक्ष्मीनियामा शिक्षा सम्बन्धी सामाजिक जवाफदेहिता परामर्श बैठक

5 महीना पहिले प्रकाशित

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम

 

धनुषाको लक्ष्मीनिया गाउँपालिकामा शिक्षा क्षेत्रको सुधार, पारदर्शिता तथा जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्यसहित सामाजिक जवाफदेहिता सम्बन्धी परामर्श बैठक सम्पन्न भएको छ।

 

लक्ष्मीनिया गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रको अध्यक्षतामा सम्पन्न उक्त बैठक “शिक्षामा नागरिक समाजको सहभागिता” परियोजना अन्तर्गत आयोजना गरिएको हो।

 

बैठकमा फिल्ड म्यानेजर सबल नेपालका नीर बहादुर आले, जय कुमार यादव (शिक्षा शाखा, लक्ष्मीनिया गाउँपालिका) लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

 

बैठकमा विद्यालय क्षेत्र सुधार कार्यक्रम, एकीकृत शैक्षिक व्यवस्थापन प्रणाली, विद्यालय सुधार योजना निर्माण तथा कार्यान्वयन, आर्थिक वर्ष २०८३ का लागि प्रतिबद्धता तथा विविध विषयहरूमा विस्तृत छलफल गरिएको थियो।

 

छलफलका क्रममा उठाइएका प्रस्तावहरू माथि आवश्यक निर्णयसमेत गरिएको आयोजकले जनाएको छ।कार्यक्रमको सहजकर्ता मोनू गुप्ता गरेका थिए भने उक्त कार्यक्रम ग्लोबल एक्शन नेपालले आयोजना गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..