सामाजिक मान्यता परिवर्तनका लागि पुरुष च्याम्पियनबीच सिकाइ आदान–प्रदान

1 दिन पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम, जेष्ठ १३ गते 

 

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित “सशक्त महिला, समृद्ध नेपाल” कार्यक्रम अन्तर्गत सामाजिक मान्यता परिवर्तन तथा समन्वय अभिवृद्धि गर्ने उद्देश्यले पुरुष च्याम्पियनहरूबीच सिकाइ आदान–प्रदान कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ।

 

कार्यक्रममा मधेश प्रदेशका १२ वटा पालिकाका मेल च्याम्पियनहरूको सहभागिता रहेको थियो। सहभागीहरूले समाजमा विद्यमान विभेद, लैंगिक असमानता, बालविवाह, घरेलु हिंसा लगायतका सामाजिक समस्याविरुद्ध समुदायस्तरमा सञ्चालन भइरहेका अभियान, अनुभव तथा सिकाइहरू आदान–प्रदान गरेका थिए।

कार्यक्रमको अध्यक्षता आसमान नेपालको कोषाध्यक्ष रेखा खड्काले गरेकी थिइन् भने मधेश प्रदेश सभाका सभामुख रामआशिष यादव प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा आसमान नेपालका अध्यक्ष नवल यादवको समेत उपस्थिति रहेको थियो। सोही अवसरमा गेरुधामका युवा अभियन्ता तथा आसमान नेपालका मेल च्याम्पियन बृज किशोर यादवको पनि सक्रिय सहभागिता रहेको थियो। उनले सामाजिक रुपान्तरणका लागि युवाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै समुदायमा सकारात्मक सोच विकास गर्न पुरुषहरूको अग्रसरता अपरिहार्य रहेको बताए।

त्यसैगरी कार्यक्रममा विभिन्न सामाजिक संघसंस्था, सञ्चारकर्मी, युवा प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले महिला सशक्तीकरण, समान अधिकार, सामाजिक न्याय तथा चेतना अभिवृद्धिका विषयमा आ–आफ्ना धारणा राखेका थिए।

 

आयोजकका अनुसार यस्ता कार्यक्रमले समुदायस्तरमा सकारात्मक सामाजिक व्यवहार विकास गर्न, महिला–पुरुषबीच सहकार्य र आपसी सम्मानको वातावरण निर्माण गर्न तथा सामाजिक मान्यतामा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

उक्त अवसरमा मधेश प्रदेश सभाका सभामुख रामआशिष यादवले कार्यक्रम स्थलमा राखिएका विभिन्न जनचेतनामूलक सामग्री तथा सन्देशमूलक विषयवस्तुको अवलोकन समेत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  धनुषा, जेष्ठ १४ गते  धनौजी गाउँपालिका–२ स्थित राम जानकी मन्दिर परिसरमा युवाहरुलाई लक्षि..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, जेष्ठ १३ गते    संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) को सहयोग तथा आसमान नेपा..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, जेष्ठ १४ गते    सात वर्षदेखि कार्यान्वयनको प्रतीक्षामा रहेको उद्योग प्रशास..

  बिनोद कुमार साह जनकपुरधाम, जेष्ठ १४ गते मधेस प्रदेशको धनुषा जिल्लास्थित तिरहुतिया गाछीमा पतंजली योग समिति धन..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम जेष्ठ १३गते    विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले शहीद न..