१६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि मधेश प्रदेश टोली काठमाडौं प्रस्थान

4 महीना पहिले प्रकाशित

मोनु गुप्ता 

राष्ट्रिय आवाज 

जनकपुरधाम, जेठ १८ गते, सोमवार 

"खेली मधेस, जीती मधेस" नाराका साथ मधेश खेलकूद परिषद्, जनकपुरधामद्वारा आयोजित शुभकामना तथा बिदाइ कार्यक्रम आज सोमवार सम्पन्न भएको छ। कार्यक्रममा मधेश खेलकूद परिषद्का सदस्य सचिव शिवजी प्रसाद कानूको अध्यक्षता तथा मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री माननीय लखन दासको प्रमुख आतिथ्यता रहेको थियो।

 

कार्यक्रममा परिषद्का सदस्य दीपेन्द्र गोइत, सदस्य लभ अधिकारी, प्रशिक्षण प्रमुख भरत यादव, अन्य प्रशिक्षक, खेल पदाधिकारी तथा खेलाडीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री लखन दासले मधेश प्रदेशका खेलाडीहरूले राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै प्रदेशको गौरव बढाउने विश्वास व्यक्त गरे। उनले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै खेलाडीहरूलाई अनुशासन, आत्मविश्वास र खेलभावनाका साथ प्रतिस्पर्धामा सहभागी हुन आग्रह गरे। मन्त्री दासले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई सफलताको शुभकामना समेत दिएका थिए।

अध्यक्षता गरिरहेका मधेश खेलकूद परिषद्का सदस्य सचिव शिवजी प्रसाद कानूले १६औँ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मधेश प्रदेशको सहभागिताबारे जानकारी दिँदै प्रदेश बाट ९८ जना खेलाडी, ९ जना प्रशिक्षक, ६ जना व्यवस्थापक, १ जना टोली नेता र १ जना उपनेता गरी कुल ११५ सदस्यीय टोली काठमाडौं प्रस्थान गरेको बताए। उनले खेलाडीहरूको क्षमता र मेहनतका आधारमा यसपटक मधेश प्रदेशले उल्लेखनीय नतिजा हासिल गर्ने अपेक्षा व्यक्त गरे।

बिदाइ कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो। सहभागीहरूले खेलाडीहरू लाई सफलताको शुभकामना व्यक्त गर्दै मधेश प्रदेशको नाम उच्च राख्न प्रेरित गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..