जनकपुरका दुई वडामा क्षयरोग खोजपडताल अभियान बारे अभिमुखीकरण

1 महीना पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल 

जनकपुरधाम,ज्येष्ठ १८ गते 

 

क्षयरोगका जोखिम समूह तथा स्वास्थ्य सेवाको पहुँच कम भएका समुदायमा क्षयरोगको सक्रिय खोजपडताल लाई प्रभावकारी बनाउने उद्देश्यले जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ र २४ मा तयारी तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।

वडा नं. २४ स्थित श्री गोगल प्रसाद नमूना माध्यमिक विद्यालय मा आयोजित कार्यक्रम वडास्तरीय क्षयरोग मुक्त समिति वडा नं. २४ का संयोजक तथा कार्यवाहक अध्यक्ष शेषनाथ मण्डल को अध्यक्षतामा सम्पन्न भएको थियो। त्यसैगरी वडा नं. २३ मा श्री गोविन्द सेवा समिति मा आयोजित कार्यक्रम क्षयरोग मुक्त समिति वडा नं. २३ का संयोजक एवं वडा अध्यक्ष राघवेन्द्र साह को अध्यक्षतामा सम्पन्न भएको हो।

क्षयरोग मुक्त नेपाल कार्यक्रम अन्तर्गत युएनडिपी तथा वाग्मती सेवा समाज नेपाल को प्राविधिक सहयोगमा आयोजित दुवै कार्यक्रममा क्षयरोगका जोखिम समूहको पहिचान, समुदायस्तरमा सक्रिय खोजपडताल, समयमै परीक्षण तथा उपचारको महत्वबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा युएनडिपीका अजय यादव ले क्षयरोगको वर्तमान अवस्था, रोगका लक्षण, संक्रमण रोकथामका उपाय, जोखिम समूहको पहिचान तथा समुदायमा आधारित सक्रिय खोजपडताल अभियानको आवश्यकता सम्बन्धी प्रस्तुतीकरण दिएका थिए। उनले क्षयरोग उन्मूलनका लागि स्थानीय समुदाय, स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।

अभिमुखीकरण कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका, जनस्वास्थ्य कर्मचारी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका समुदायसम्म पुगेर क्षयरोगका सम्भावित बिरामीहरूको पहिचान गर्नुपर्ने, समयमै परीक्षण गराउन प्रेरित गर्नुपर्ने तथा नियमित उपचार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा वक्ताहरूले नेपाललाई क्षयरोगमुक्त बनाउने राष्ट्रिय लक्ष्य हासिल गर्न समुदायस्तरबाटै सचेतना, सक्रिय खोजपडताल र सबै पक्षको सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,असार २९ गते    जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २ अ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २५ गते    धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ मा कार्यवाहक वडा अध्यक..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २४ गते  धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित श्री गोगल प्रसाद नम..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २१ गते  जनकपुरधाम उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाको आयोज..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २१ गते    धनुषाको विदेह नगरपालिका–७, योगियाडास्थित श्री भगवती आधारभूत..