विद्यालयको सिकाइ सुधार अभियान : जनकपुरधाममा ६ दिने टार्ल शिक्षक तालिम सम्पन्न

3 महीना पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम, ज्येष्ठ १९ गते 

 

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइ स्तर सुधार गर्दै विद्यालय शिक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले जनकपुरधाममा ६ दिने टार्ल (टिचिङ एट द राइट लेभल) शिक्षक तालिम सम्पन्न भएको छ।

 

बिल्ड द बेसिक परियोजनाअन्तर्गत आसमा नेपालको आयोजनामा, स्ट्रिट चाइल्डको प्राविधिक सहयोग तथा हेम्पेल फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त तालिममा जनकपुरधाम उपमहानगरपालिकाका १९ वटा सामुदायिक विद्यालयका ३२ जना शिक्षक सहभागी भएका थिए। तालिम मसाला कटेजमा सम्पन्न भएको हो।

तालिमका क्रममा शिक्षकहरुलाई विद्यार्थीको वास्तविक सिकाइ अवस्था पहिचान गर्ने, सोही आधारमा शिक्षण–सिकाइ प्रक्रिया सञ्चालन गर्ने, कक्षाकोठा व्यवस्थापन, सिकाइ मूल्यांकन तथा आधारभूत भाषा र गणितीय सीप विकाससम्बन्धी व्यावहारिक ज्ञान तथा सीप प्रदान गरिएको थियो।

टार्ल प्रशिक्षक अशोक चौधरी र मूल्यांकन तथा अनुगमन अधिकृत मुकेश रजकले सहजीकरण गरेको तालिममा सहभागी शिक्षकहरुलाई आवश्यक शैक्षिक सामग्री तथा ब्याग समेत वितरण गरिएको आयोजकले जनाएको छ।

सहभागी शिक्षकहरुले तालिमबाट प्राप्त ज्ञान र सीपले विद्यार्थीको सिकाइ कमजोरी पहिचान गर्न, आवश्यकता अनुसार शिक्षण रणनीति अपनाउन तथा कक्षाकोठालाई थप परिणाममुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

आयोजकका अनुसार टार्ल विधि विद्यार्थीको उमेर होइन, सिकाइ स्तरलाई आधार मानेर अध्यापन गर्ने प्रभावकारी शैक्षिक अभ्यास हो। यसले विशेषगरी भाषा र गणित विषयमा आधारभूत दक्षता अभिवृद्धि गर्न सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

शिक्षाको गुणस्तर सुधार तथा सिकाइ उपलब्धि वृद्धि गर्ने लक्ष्यसहित सञ्चालन गरिएको उक्त तालिमले जनकपुरधामका सामुदायिक विद्यालयमा शिक्षण पद्धति सुधार र विद्यार्थीको शैक्षिक उपलब्धि बढाउन सकारात्मक योगदान पुर्या्उने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..