जनकपुरधाम उपमहानगर सभापतिमा नायक निर्वाचित

5 दिन पहिले प्रकाशित

 

 

राष्ट्रिय आवाज

जनकपुरधाम, जेष्ठ २४ गते, आइतबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जनकपुरधाम उपमहानगरपालिकाको प्रथम नगर अधिवेशन बाट ललन कुमार नायक नगर सभापतिमा निर्वाचित भएका छन्। आज आइतबार उधोग बाणिज्य संघमा सम्पन्न अधिवेशनमा सहमति बाट नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गरिएको हो।

 

नगर सभापति पदका लागि ललन कुमार नायक र जीतेन्द्र महासेठ बीच प्रतिस्पर्धा भएको थियो। दुवै पक्षले आफ्नो उम्मेदवारी कायम राखे पछि मतदान गराइएको थियो। निर्वाचनमा कुल १७६ मत खसेकोमा नायकले १०५ मत प्राप्त गर्दै विजयी भए भने उनका प्रतिद्वन्द्वी महासेठले ७१ मत प्राप्त गरेका थिए।

जितेन्द्र महासेठ धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मनिष झा निकट मानिने नेता हुन्। नेतृत्व चयनका लागि अन्तिमसम्म प्रयास भए पनि सहमति जुट्न नसकेपछि निर्वाचनबाट नेतृत्व टुंगो लगाइएको अधिवेशनमा सहभागी नेताहरूले बताएका छन्।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै विजयी नायकलाई कार्यकर्ता तथा शुभेच्छुकहरूले सामाजिक सञ्जाल र प्रत्यक्ष भेटघाटमार्फत बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन्।

 

विजयी भएपछि नवनिर्वाचित सभापति ललन कुमार नायकले पार्टीभित्रको एकता, संगठन सुदृढीकरण र जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, "यो जित मेरो व्यक्तिगत होइन, जनकपुरधामका सम्पूर्ण रास्वपा कार्यकर्ताको विश्वास र मेहनतको परिणाम हो। अधिवेशनमा फरक मत राख्ने साथीहरू पनि हाम्रो संगठनका महत्वपूर्ण हिस्सा हुन्। अब हामी सबैलाई समेटेर जनकपुरधाममा रास्वपालाई अझ बलियो र प्रभावकारी संगठनका रूपमा स्थापित गर्नेछौं। जनताको अपेक्षा अनुरूप सुशासन, पारदर्शिता र जवाफदेहिताको एजेन्डालाई स्थानीय तहसम्म पुर्‍याउन हामी प्रतिबद्ध छौं।"

नायकले अधिवेशन सफल बनाउन भूमिका निर्वाह गर्ने प्रतिनिधि, कार्यकर्ता तथा निर्वाचन प्रक्रियामा सहभागी सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा संगठन विस्तार र जनसरोकारका मुद्दामा सक्रियतापूर्वक लाग्ने जनाएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    रेविता कुमारी  जनकपुरधाम, जेष्ठ २८ गते जनकपुरधाम उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाको आयोजन..

  मोनु गुप्ता  जनकपुरधाम, ज्येष्ठ २७ गते मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालय तथा ACCESS परियोजनाको ..

  माेनु गुप्ता  जनकपुरधाम, जेष्ठ २६ गते    बालिका, अपाङ्गता भएका बालबालिका तथा अन्य सीमान्तकृत समुदायका बा..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, जेष्ठ २६ गते    मधेश आन्दोलनका शहीद परिवार, घाइते तथा आन्दोलनसँग सम्बन्धित स..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,जेष्ठ २४ गते    विश्व खाद्य स्वच्छता दिवसको अवसरमा खाद्य प्रविधि तथा गुण निय..