स्वच्छ खानपानमा ध्यान दिन आग्रह, मापदण्डविपरीत खाद्य उत्पादन गरे कारबाही हुने

4 महीना पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम,जेष्ठ २४ गते 

 

विश्व खाद्य स्वच्छता दिवसको अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले शनिबार जनचेतनामूलक प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ।

भानुचोकबाट सुरु भएको प्रभातफेरी कदमचोक हुँदै जिल्ला प्रशासन कार्यालय धनुषामा पुगेर सभामा परिणत भएको थियो। कार्यक्रममा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, उद्योगी, व्यवसायी तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमूख अतिथि धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश दाहालले गुणस्तरीय खाद्य वस्तुको उत्पादन, भण्डारण तथा बिक्री–वितरणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो। उहाँले स्वस्थ र सुरक्षित खानपान नागरिकको मौलिक अधिकार भएकाले खाद्य स्वच्छतामा विशेष ध्यान दिन आग्रह गर्नुभयो।

सहायक प्रजिअ दाहालले सरकारले निर्धारण गरेको मापदण्डविपरीत खाद्य पदार्थ उत्पादन तथा बिक्री गर्ने व्यक्ति वा संस्थामाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिनुभयो।

त्यसैगरी, दुग्ध विकास संस्थान (डीडीसी) ढल्केवरका प्रमुख दिनेश जिसीले दुग्धजन्य पदार्थको गुणस्तर कायम राख्न नियमित अनुगमन तथा परीक्षण आवश्यक रहेको बताउनुभयो। उहाँले उपभोक्तासम्म शुद्ध र सुरक्षित खाद्य सामग्री पुर्‍याउन सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको धारणा राख्नुभयो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामका कार्यालय प्रमुख विमल कुमार दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख एवं प्रतिनिधिहरूले खाद्य स्वच्छता, गुणस्तर तथा उपभोक्ता सचेतनाका विषयमा आ-आफ्ना धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा खाद्यजन्य वस्तुको गुणस्तर सुनिश्चित गर्दै स्वस्थ समाज निर्माणमा सबैको साझा जिम्मेवारी रहेको निष्कर्ष निकालिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..