शहीद परिवार द्वरा बिरोध प्रदर्शन, प्रतिबद्धता कार्यान्वयनको माग

3 महीना पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम, जेष्ठ २६ गते 

 

मधेश आन्दोलनका शहीद परिवार, घाइते तथा आन्दोलनसँग सम्बन्धित सरोकारवालाहरूले मंगल बार जनकपुरधाम स्थित मधेश भवन (मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय) अगाडि विरोध प्रदर्शन गरेका छन्। राज्यले विगतमा गरेका प्रतिबद्धताहरू अझै कार्यान्वयन नभएको आरोप लगाउँदै उनीहरूले तत्काल कार्यान्वयनको माग गरेका हुन्।

प्रदर्शनमा मधेश शहीद प्रतिष्ठानका सदस्य अवधेश पटेल र अनीता कुमारी यादव, घाइते संघर्ष समितिका अध्यक्ष चन्देश्वर साह, तथा शहीद परिवारका प्रतिनिधि शम्भु प्रसाद साह, शकुन्तला ठाकुरलगायतको उलेख्य उपस्थिति रहेको थियो।

 

प्रदर्शनकारीहरूले शहीद परिवार तथा घाइतेहरूका लागि राज्यले घोषणा गरेका सुविधा, सम्मान, राहत, रोजगारी र पुनर्स्थापना कार्यक्रमहरू कागजमै सीमित रहेको आरोप लगाए। उनीहरूले वर्षौंदेखि पटक–पटक आश्वासन दिइए पनि व्यवहारमा कुनै ठोस कार्यान्वयन नभएको भन्दै असन्तोष व्यक्त गरे।

विरोध सभालाई सम्बोधन गर्दै वक्ताहरूले मधेश आन्दोलनका शहीदहरूको बलिदानलाई राज्यले अझैसम्म उचित सम्मान दिन नसकेको गुनासो गरे। साथै घाइतेहरूको उपचार, दीर्घकालीन पुनर्स्थापना तथा जीविकोपार्जनका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउन सरकारसँग जोडदार माग गरे।

प्रदर्शनका क्रममा सहभागीहरूले शहिद परिवार लाई सम्मान गरौँ,शहिद परिवार लाई भरण पोषण भत्ता लागू गरौँ, मधेशी शहिद प्रतिष्ठान लाई स्वायत्त गरौँ जस्ता नाराबाजी गर्दै आफ्ना मागहरू तत्काल सम्बोधन गर्न प्रदेश सरकारलाई आग्रह गरेका थिए। मागहरू बेवास्ता गरिए अझ सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन्।

प्रदर्शनका कारण मधेश भवन परिसर केही समय तनावग्रस्त बने पनि स्थिति पछि शान्तिपूर्ण रूपमा नियन्त्रणमा आएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..