बालिका शिक्षा र सशक्तीकरणमा एसएए कार्यक्रम प्रभावकारी : प्रदेशस्तरीय सिकाइ आदानप्रदान कार्यशाला सम्पन्न

3 महीना पहिले प्रकाशित

 

मोनु गुप्ता 

जनकपुरधाम, ज्येष्ठ २९ गते 

 

बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको सामाजिक विश्लेषण तथा कार्य (एसएए) प्याकेजको कार्यान्वयनबाट प्राप्त उपलब्धि, सिकाइ र अनुभवहरूको समीक्षा गर्न आयोजित प्रदेशस्तरीय सिकाइ आदानप्रदान कार्यशाला शुक्रबार जनकपुरधाममा सम्पन्न भएको छ।

केयर नेपालको आयोजनामा तथा मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालय र शिक्षा विकास निर्देशनालयको सहकार्यमा जनकपुरधामस्थित वेलकम होटलमा आयोजित कार्यशालामा एसएए कार्यक्रमले बालिका शिक्षा, किशोरी सशक्तीकरण, विद्यालयमा पहुँच विस्तार तथा सामाजिक व्यवहार परिवर्तनमा उल्लेखनीय योगदान पुर्‍याएको निष्कर्ष प्रस्तुत गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव सुशील साह तेलीले बालिका शिक्षामा देखिएका सामाजिक तथा सांस्कृतिक अवरोध हटाउन समुदायस्तरमा सञ्चालन गरिएका यस्ता कार्यक्रम प्रभावकारी भएको बताए। उनले शिक्षा क्षेत्रमा प्राप्त सकारात्मक उपलब्धिलाई दिगो बनाउन स्थानीय तह, विद्यालय र समुदायबीचको सहकार्यलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिए।

समग्र जन उत्थान केन्द्र, लहानकी कार्यकारी निर्देशक अनिता चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नरहा गाउँपालिकाका अध्यक्ष राम प्रमोद यादव, शिक्षा तथा संस्कृति मन्त्रालयकी उपसचिव किशोरी कापड, शिक्षा विकास निर्देशनालयका निर्देशक उद्दव राय यादव, धनगढीमाई नगरपालिकाकी उपप्रमुख संगिता चौधरी, नरहा गाउँपालिकाकी उपाध्यक्ष गुलावदेवी चौधरी, भगवानपुर गाउँपालिकाकी उपाध्यक्ष रेखा यादव तथा वडा अध्यक्ष सम्झना सिंहलगायतको उपस्थिति रहेको थियो।

कार्यशालामा प्रस्तुत अध्ययन प्रतिवेदनअनुसार एसएए प्याकेज बाल क्लब तथा अभिभावक समूहमार्फत सञ्चालन हुँदा किशोरीहरूको विद्यालयमा निरन्तरता, आत्मविश्वास वृद्धि, नेतृत्व विकास तथा सामाजिक सहभागितामा सकारात्मक परिवर्तन देखिएको छ। सहभागीहरूले कार्यक्रमले समुदायमा बालिका शिक्षाप्रति सकारात्मक दृष्टिकोण विकास गर्न सहयोग पुगेको धारणा व्यक्त गरेका थिए।

केयर नेपालकी कार्यक्रम अधिकृत इन्दिरा थापाले कार्यक्रमबाट प्राप्त उपलब्धि तथा सिकाइ प्रस्तुत गर्दै सामाजिक रूपान्तरणका लागि समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताइन्। केयर नेपालका एजुकेसन एन्ड स्किल लिड रविन्द्र कुमालले मधेश प्रदेशमा शिक्षा तथा सामाजिक विकाससँग सम्बन्धित विभिन्न परियोजना सञ्चालन भइरहेका जानकारी दिए। उनले शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा तयार गरिएको संश्लेषित पाठ्यक्रममा आधारित अनौपचारिक शिक्षा कार्यक्रमसमेत प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको बताए।

कार्यक्रममा सहभागी किशोरी तथा बाल क्लब प्रतिनिधिहरू पूजा यादव, रविना मण्डल र नितु पासवानले आफ्ना अनुभव साझा गर्दै कार्यक्रमले शिक्षा, नेतृत्व विकास र आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताए। उनीहरूले किशोरीहरूको क्षमता विकास तथा सामाजिक सहभागिता प्रवर्द्धनमा केयर नेपालको योगदानको प्रशंसा गरेका थिए।

केयर नेपालका परामर्शदाता देवकुमार महतोले सञ्चालन गरेको कार्यक्रममा सहभागी सरोकारवालाहरूले बालिका शिक्षा तथा सशक्तीकरणका क्षेत्रमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेकोमा जोड दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..