ग्यास बिक्रेता संघ धनुषाको छैटौँ वार्षिक साधारणसभा सम्पन्न, आपूर्ति व्यवस्थापन र व्यवसायीका समस्याबारे छलफल

3 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, जेष्ठ ३० गते

ग्यास बिक्रेता संघ धनुषाको छैटौँ वार्षिक साधारणसभा शनिबार जनकपुरधाम स्थित होटल सिटी प्यालेस, रामानन्द चोकमा सम्पन्न भएको छ। साधारणसभामा एलपी ग्यासको आपूर्ति व्यवस्थापन, व्यवसायीहरूले भोगिरहेका समस्या, संघको आर्थिक तथा सांगठनिक अवस्था तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो।

संघका जिल्ला अध्यक्ष फुलदेव पण्डितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ग्यास बिक्रेता महासंघका केन्द्रीय अध्यक्ष ज्ञानेश्वर आर्याल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा जिल्लाभरका ग्यास व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ज्ञानेश्वर आर्यालले ग्यास व्यवसायीहरू उपभोक्ता र आपूर्तिकर्ताबीचको महत्वपूर्ण कडी भएकाले उनीहरूको हकहित संरक्षणमा महासंघ सदैव प्रतिबद्ध रहेको बताए। उनले ग्यास आपूर्तिमा देखिने समस्या समाधानका लागि सरकार, निगम र व्यवसायीबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गरे।

अध्यक्ष फुलदेव पण्डितले पछिल्लो समय ग्यास व्यवसायीहरूले विभिन्न चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै व्यवसायलाई व्यवस्थित, सुरक्षित र उपभोक्तामैत्री बनाउन संघले निरन्तर पहल गरिरहेको बताए। उनले संघको एकता र सक्रियताले मात्र व्यवसायीहरूको अधिकार सुनिश्चित गर्न सकिने धारणा व्यक्त गरे।

साधारणसभामा महासचिवको वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन अनुमोदन गरिएको थियो। साथै आगामी दिनमा ग्यास आपूर्ति सहज बनाउने, व्यवसायीहरूको समस्या समाधानका लागि सम्बन्धित निकाय सँग समन्वय बढाउने तथा संघलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो।

कार्यक्रममा नोबेल ग्यासका प्रबन्धक मनोज श्रेष्ठ, नेपाल ग्यासका प्रबन्धक रामकृष्ण सापकोटा, संघका साधारण सदस्य तथा जिल्लाका ग्यास बिक्रेताहरू लगायतको सहभागिता रहेको थियो ।

 

 सहभागी व्यवसायीहरूले ग्यास वितरण प्रणालीलाई अझ प्रभावकारी बनाउँदै उपभोक्तालाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउन सामूहिक रूपमा अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..