कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार ललिता दास विद्रोही लाई

4 महीना पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल 

जनकपुर धाम , ३१ जेष्ठ 

 

मधेश प्रदेश सभा सदस्य तथा सामाजिक न्यायकी अभियन्ता ललिता दास तत्मा ‘विद्रोही’ यस वर्षको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०८२ बाट सम्मानित भएकी छन्।

मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित उक्त पुरस्कारको राशि एक लाख १० हजार रुपैयाँ रहेको छ। दलित, महिला तथा सीमान्तकृत समुदायको अधिकार, सामाजिक न्याय र मानव अधिकारको क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै विद्रोहीलाई पुरस्कार प्रदान गरिएको हो।

शनिबार आयोजित विशेष समारोहमा मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभले विद्रोहीलाई पुरस्कार हस्तान्तरण गरेका थिए। कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजकी केन्द्रीय सभापति रेनुका पौडेलले मधेशको दलित समुदायबाट सामाजिक न्यायको आन्दोलनलाई सशक्त रूपमा अघि बढाउँदै दलित, महिला तथा सीमान्तकृत वर्गको हक–अधिकारका लागि निरन्तर संघर्ष गर्दै आएको योगदानको सम्मानस्वरूप उनलाई पुरस्कृत गरिएको बताइन्।

सिराहा जिल्लाको सन्हैठा गाउँमा वि.सं. २०४२ साउन १४ गते जन्मिएकी ललिता दास हाल लहानमा बसोबास गर्दै आएकी छन्। उनी मधेश प्रदेश सभाकी सदस्य हुनुका साथै प्रदेश सभाको महिला, बालबालिका तथा सामाजिक न्याय समितिकी सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्यसमेत हुन्।

लामो समयदेखि जातीय विभेद, छुवाछुत, सामाजिक अन्याय तथा उत्पीडनविरुद्ध सडकदेखि सदनसम्म आवाज उठाउँदै आएकी ललिता दासले ‘विद्रोही’ नामबाट विशिष्ट पहिचान स्थापित गरेकी छन्। विभिन्न सामाजिक तथा अधिकारमुखी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्ने क्रममा उनी पटक–पटक पक्राउसमेत परेकी छन्।

उनले २०८० सालमा आमाको निधनपछि छोरीले शव बोक्न नहुने परम्परागत मान्यतालाई चुनौती दिँदै माइती गाउँदेखि कमला नदीसम्म आमाको शव आफैं बोकेर लगिन्। साथै १३ दिनसम्म कपाल खौरिएर काजकिरियामा बसेर लैङ्गिक विभेदविरुद्ध सशक्त सन्देश प्रवाह गरेकी थिइन्। उक्त कदमले समाजमा महिला अधिकार र समानताको बहसलाई नयाँ उचाइ दिएको थियो।

सामाजिक आन्दोलनसँगै पत्रकारितामा समेत सक्रिय रहेकी विद्रोहीका विभिन्न लेख, विचार र रचनाहरू राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा प्रकाशित हुँदै आएका छन्।

पुरस्कारको नामकरण गरिएका समाजसेवी बद्रीप्रसाद पहाडी शिक्षा, समाजसेवा तथा विभिन्न सामाजिक संस्थामार्फत दीर्घकालीन योगदान पुर्‍याएका व्यक्तित्वका रूपमा परिचित छन्। सिराहा जिल्लामा जन्मिएका पहाडीले मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यालय भवन निर्माणका लागि एक करोड रुपैयाँ सहयोग प्रदान गरेका थिए।

मानव अधिकार तथा शान्ति समाजले सामाजिक रूपान्तरण, मानव अधिकारको संरक्षण तथा समावेशी समाज निर्माणमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई हरेक वर्ष कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..