अनलाइन पत्रकारिताको अवस्था, चुनौती र अवसरबारे सम्पादकहरु संग अन्तरक्रिया

2 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

ढल्केबर, असार २ गते 

मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको आम सञ्चार प्राधिकरण, मधेश प्रदेशको आयोजनामा धनुषाको ढल्केबर स्थित कोमल होटलमा एकदिने अन्तरक्रिया कार्यक्रम आज मंगल बार सम्पन्न भएको छ।

 

मधेश प्रदेशमा दर्ता भएका विभिन्न अनलाइन सञ्चारमाध्यमका सम्पादकहरूको सहभागिता रहेको कार्यक्रममा अनलाइन पत्रकारिताको वर्तमान अवस्था, चुनौती, अवसर तथा सञ्चार क्षेत्रका समसामयिक विषयमा गहन छलफल गरिएको थियो। सहभागी सम्पादकहरूले डिजिटल पत्रकारिताको विस्तार सँगै देखिएका समस्या, सञ्चारमाध्यमको दिगोपना, पत्रकारहरूको पेशागत सुरक्षा, सूचना प्रवाहको विश्वसनीयता तथा सञ्चार क्षेत्रको संस्थागत विकासका विषयमा आफ्ना धारणा राखेका थिए।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरण गुप्ता ले पत्रकारिता लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गर्दै अनलाइन सञ्चारमाध्यमले समाजलाई छिटो र प्रभावकारी रूपमा सूचना प्रवाह गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। उनले पत्रकारिताको विश्वसनीयता कायम राख्न सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषणमा विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गरे।

 

उनले भने, “अनलाइन पत्रकारिता आजको युगको आवश्यकता हो। तर यसको प्रभावकारिता र विश्वसनीयता कायम राख्न सञ्चारकर्मीहरूले पेशागत आचारसंहिता र जिम्मेवार पत्रकारिता लाई आत्मसात् गर्नुपर्छ। समाजलाई सही सूचना दिनु नै पत्रकारिताको मूल धर्म हो।”

 

कार्यक्रमका अध्यक्ष तथा आम सञ्चार प्राधिकरण, मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गा ले सञ्चार क्षेत्रको विकास, पत्रकारहरूको क्षमता अभिवृद्धि तथा सञ्चार माध्यमहरूको संस्थागत सुदृढीकरणका लागि प्राधिकरण प्रतिबद्ध रहेको बताए। उनले डिजिटल प्रविधिको तीव्र विकाससँगै अनलाइन पत्रकारिताको प्रभाव बढ्दै गएको उल्लेख गर्दै पत्रकारितालाई अझ जिम्मेवार, मर्यादित र जनउत्तरदायी बनाउन आवश्यक रहेको बताए।

अध्यक्ष खड्गाले भने, “अनलाइन सञ्चारमाध्यमले नागरिकलाई सूचना पहुँचमा सहजता प्रदान गरेका छन्। तर बढ्दो प्रतिस्पर्धा सँगै तथ्यहीन र अपुष्ट सामग्रीको जोखिम पनि बढेको छ। त्यसैले सञ्चारमाध्यमले सत्यतथ्यमा आधारित समाचारलाई प्राथमिकता दिनुपर्छ। प्राधिकरण सञ्चार क्षेत्रको सुदृढीकरणका लागि आवश्यक सहकार्य गर्न सदैव तयार छ।”

कार्यक्रममा सहभागी सम्पादकहरूले प्रदेशस्तरमा सञ्चार क्षेत्रका समस्या समाधान, पत्रकारका लागि निःशुल्क कानुनी सेवा,पत्रकारहरूको क्षमता विकास, सञ्चारमाध्यमको दिगोपनाका लागि आवश्यक नीति निर्माण तथा सरकारी निकाय र सञ्चारमाध्यम बीच समन्वय बढाउन यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए।

सञ्चार क्षेत्रको गुणस्तरीय विकास, पत्रकारिताको व्यावसायिकता अभिवृद्धि तथा डिजिटल माध्यममार्फत विश्वसनीय सूचना प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा पत्रकार ज्योती झाले स्वागत मन्तव्य  राखेका थिइन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..