तामाकोशी गाउँपालिकाले पैदल मार्ग निर्माणको शिलान्यास

5 वर्ष पहिले प्रकाशित

दिपक बस्नेत
तामाकोशी ।
तामाकोशी गाउँपालिकाले ४ किलोमिटर लामो सुविधायुक्त पैदल मार्ग निर्माणको आज एक कार्यक्रमका विच शिलान्यास गरेको छ ।
तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेले उक्त पैदन मार्गको शिलान्यास गनुभएको हो । तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालु फेवाताल स्थीत कालिदेवी मन्दिर देखि देउराली गढी, हिलेगढी  सम्म निर्माण हुने पैदल मार्गको शिलान्यास गरिएको हो । तामाकोशी गाउँपालिकाका उपाध्यक्ष उर्मिला खड्का के.सी को अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा पत्रकार माहासंघ जिल्ला खाशाका पदाधिकारी, सदस्य लगाएत विभिन्न संचार माध्यममा कार्यरत पत्रकार, जनप्रतिनिधी, पार्टीका प्रतिनिधी लगाएत स्थानियको उपस्थिति रहेको थियो ।
पालिकाका प्रसाशन अधिकृत श्रृष्टि के.सी.ले संचालन गनुभएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले पालिकाको पर्याटन विकास पुर्वधारलाई थप विकसित गर्दै गाउँपालिकामा आन्तरिक पर्यटक तथा पैदल यत्री बृद्धिगर्ने उद्देश्यले लिल्लामै ठूलो र लामो पैदल मार्ग स्थापना गर्न लागिएको बताउँनु भयो । पोखरेलका अनुसार हाललाई ४ किलोमिटर निमार्ण हुने र यसको कुल लम्वाई १५ किलोमिटर सम्म निमार्ण गरिने र यसले पालिकाको विकासमा महत्व राख्ने छ ।
उक्त पैदल मार्गको ठेक्का संझौता बजेट ५ करोड ७४ लाख ३५ हजार ४ सय २२ रुपयाँ ६ पैसा रहेको छ । कालिदवी मन्दिर देउराली गढी, हिले गढी पदमार्गको निर्माणका लागि लुम्बिनी÷बन्दन भगवती÷कुश÷जे.भी., बत्तिसपुतली, काठ्माडौले जिम्मा पाएको छ भने मिती २०७९ चैत्र ३० गते भित्र निमार्ण सम्पन्न गरि सक्नु पर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज, धनुषा, असोज २९ गते धनुषाको धनौजी गाउँपालिका–३ अन्तर्गत साविक झोझी कटैया à..

  रेविता कुमारी राष्ट्रिय आवाज, जनकपुरधाम, असोज २८ गते   तथ्याङ्क सङ्कलन तथा व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थान..

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..