समाजसेवी उद्धव खातीले तामाकोशी गाउँपालिकाको वडा नम्बर ५ सहरे स्वास्थ्य चौकीका लागि दुईवटा हस्पिटलबेड हस्तान्तरण

4 वर्ष पहिले प्रकाशित

दिपक बस्नेत
माघ १६, तामाकोशी ।
नेकपा माओवादी केन्द्र तामाकोशी गाउँपालिकाका उपाध्यक्ष एवंम समाजसेवी उद्धव खातीले तामाकोशी गाउँपालिकाको वडा नम्बर ५ सहरे स्वास्थ्य चौकीका लागि दुई वटा हस्पिटलबेड हस्तान्तरण गर्नुभएको छ ।
तामाकोशी गाउँपालिका वडा नम्वर ५ सहरे स्वास्थ्य चौकिका इन्चार्ज युवराज के.सीलाई खाती आफैले हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण कार्यक्रममा कार्यवाहक अध्यक्ष अर्घलाल चौलाईले समाजसेवि खातीलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । स्वास्थ्य चौकीका कर्मचारीका अनुसार औषधी राख्ने दराजको खाँचो रहेको जानकारी गराउँनु भएको थियो । खातीले यस अघिपनि स्वास्थ्य चौकीका लागि अक्सिजन ग्याँस सिलिण्डर हस्तान्तरण गरिसक्नु भएको छ । स्वास्थ्य क्षेत्र अत्यन्त सम्वेदनसिल क्षेत्र भएकाले आफुले केहि खर्च कटाएर समाग्री हस्तान्तरण गरेको बताउँनु भयो । आफ्नो ठाउँमा रहेका जनतालाई स्वास्थ्य उपचारमा थप सहयोग पुग्ने उहाँको भनाई छ ।

कार्यक्रममा नेकपा माओवदी केन्द्र तामाकोशी गाउँपालिकाका अध्यक्ष शम्भु फुयाँल लगाएत जिल्ला स्तरीय नेताको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..