श्री महिला साक्षरता बचत तथा ऋण सहकारी संस्था लिमिटेड तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरे किर्ने दोलखाले संस्थागत विकासका लागि तीनदिने तालिम समापन

4 वर्ष पहिले प्रकाशित

दिपक बस्नेत
फागुन १५, तामाकोशी ।
श्री महिला साक्षरता बचत तथा ऋण सहकारी संस्था लिमिटेड तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरे किर्ने दोलखाले संस्थागत विकासका लागि तीनदिने तालिम समापन गरेको छ ।
महिला साक्षरता बचत तथा ऋण सहकारी संस्थाको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडको प्रविधिक सहयोगमा संचालन भएको तालिममा संस्थाका संचालक समिति पदाधिकारी, लेखा समिति, अन्य उपसमिति, व्यवस्थापक, कर्मचारीको उपस्थिति रहेको थियो ।
सहकारी संचालक समिति अध्यक्ष सुमित्र फुयाँलको अध्यक्षतामा भएको समापन कार्यक्रममा संस्थाका संचालक समिति सदस्य श्रृजना सुवेदीले संस्थाको सुरुको अवस्थाको दुख सम्झदै हाल संस्थाले गरेको प्रगतिको चर्चा गर्दै तालिमले संस्थामा काम गर्न उल्लेख्य सहयोग पुग्ने र सिकेको कुरालाई व्यवहारमा लागु गर्न प्रतिवद्ध रहेको बताउँनु भयो । तालिमका सहभागिलाई प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।
तीनदिन सम्म संचालन भएको तालिमको सहजिकरण नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडका कार्यक्रम अधिकृत उमेश कोइराला, तालिम अधिकृत सुमन राज घिमिरे, जनसचेतन बचत तथा ऋण सहकारी संस्थाका विभागिय प्रमुख नविन्द्र रिमालले गर्नुभएको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  धनुषा, जेष्ठ १४ गते  धनौजी गाउँपालिका–२ स्थित राम जानकी मन्दिर परिसरमा युवाहरुलाई लक्षि..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, जेष्ठ १३ गते    संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) को सहयोग तथा आसमान नेपा..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, जेष्ठ १४ गते    सात वर्षदेखि कार्यान्वयनको प्रतीक्षामा रहेको उद्योग प्रशास..

  बिनोद कुमार साह जनकपुरधाम, जेष्ठ १४ गते मधेस प्रदेशको धनुषा जिल्लास्थित तिरहुतिया गाछीमा पतंजली योग समिति धन..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम जेष्ठ १३गते    विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले शहीद न..