तामाकोशी गाउँपालिकामा ३ हजार ५ सय १७ जना बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाए

4 वर्ष पहिले प्रकाशित

दिपक बस्नेत
बैशाख ४, तामाकोशी ।
तामाकोशी गाउँपालिकामा ३ हजार ५ सय १७ जना बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाएका छन् ।
नेपालभरी संचालन भएको खोप अभियान गाउँपालिकाले पनि चैत्र २५ गते देखि बैशाख २ गते सम्म संचालन गरेको थियो । पालिकाले १५ महिना देखि १५ बर्ष सम्मका बालबालिकालाई खोप लगाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुण कुमार मिश्रले जानकारी दिनुभयो ।
शाखा प्रमुख मिश्रले खोप अभियान सफल बनाउँन सहयोग गर्नु हुने कर्मचारी, सम्पुर्ण विद्यालय, स्वयमसेवीका सहित सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नु भयो । खोप लगाई सकेपछि कुनै पनि समस्या कंहि कतै नदेखिको मिश्रको भनाई छ ।
यो रोग साल्मोनोला टाइफी नामक ब्याक्टेरियाको कारण हुने गर्दछ । प्रदुषित पानी तथा दुषित खानेकुराको  सेवनले टाइफाइड रोग निम्त्याउँछ । उच्च ज्वरो आउनु, टाउको दुख्नु, बान्ता हुनु, पेट दुख्नु, शरीर कमजोर भएको महसुस हुनु आदि टाइफाइडको लक्षण हुन् । बासी सडे गलेको खाने कुरा नखाने, सफा र स्वच्छ पानीको प्रयोग, सरसफाइ, साबुन पानीले हातधुने र टाइफाइड लागेको व्यक्तिसँग लसपस नगर्ने आदि कुरामा ध्यान दिन सके यो रोगवाट वच्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..