भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्था तामाकोशी गाउँपालिका वडा नम्बर १ भिरकोटले नव निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना

3 वर्ष पहिले प्रकाशित

दिपक बस्नेत  
असार ३, तामाकोशी ।
भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्था तामाकोशी गाउँपालिका वडा नम्बर १ भिरकोटले नव निर्वाचित उपलव्ध जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ ।
बधाई तथा शुभकामना कार्यक्रममका प्रमुख अतिथी प्रोण प्रताप के.सीले सहकारीसँगको सहकार्यमा जनताको आय आर्जनमा बढवा दिने र सहकारीमा भएको पुँजीलाई परिचालनको लागि विभिन्न योजना तयार गरिरहेको बताउँनु भयो । कृषि, पशुपालन र सहकारीलाई पालिकाले महत्व दिने र सहकारी मार्फत स्थानियको जीवनमा परिर्वतन गर्न सकिने उहाँको भनाई थियो । अध्यक्ष के.सी. का अनुसार सहकारीसँग मिलेर घुम्ती फनको रुपमा सहकारीको पुँजी र तामाकोशी गाउँपालिकाको सहकार्यमा काम गर्दा पालिकाले गर्न खोजेको काम हुने, सहकारीको पुँजी परिचालन हुने र जनताको जीवनस्तर माथी उठ्ने छ । कार्यक्रममा वोल्नु हुदै के.सीले गाउँपालिकाको पहिलो बैठकले गरेको निर्णयको बारेमा चर्चा गर्नु भयो ।

भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सिताराम उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि सृजना सुवेदीले  सहकारीले संचालन गरेको दाना उद्योग किसानसँग जोडिएको हुँदा मिलेर काम गर्नु पर्ने र गाउँपालिकाले कृषिमा विषेश जोडदिएको हुँदा सहकारीको उद्देशय र पालिकाको उद्देश्य मिल्दो जुल्दो भएकाले एक अपसमा सहकार्य गरि जानु पर्ने भनाई राख्नु भयो । संस्थाका अध्यक्ष सिताराम उप्रेतीले सहकारीको गतिविधि, संस्थाको परिकल्पना, संस्थाको संगठनात्मक ढाँचा लगाएतका विषयमा जानकारि गराउँनु भएको थियो ।

कार्यक्रममा तामाकोशी गाउँपालिका वडा नम्बर १ भिरकोटका वडा अध्यक्ष बसन्त थापा, वडा नम्वर ४ मालुका वडा अध्यक्ष नारायण खड्का सुरज, भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्थाका संचालक समिति सदस्य रमेश कार्की, निर्वतमान अध्यक्ष श्यम काजी कुटुवाल लगाएतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा निर्वाचित जनप्रतिनिधि, सहकारीका संचालक समिति, कर्मचारी लगाएतको उपस्थिति रहेको थियो । संस्थाको जेष्ठ मसान्त सम्मको शेयर पुँजी २ कारोड ७२ लाख २४ हजार १ सय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..