तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुका स्थानियले गाउँपालिकालाई ५० रोपनी जग्गा हस्तान्तरण

4 वर्ष पहिले प्रकाशित

दिपक बस्नेत 
असार ७, तामाकोशी ।
दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुका स्थानियले गाउँपालिकालाई ५० रोपनी जग्गा हस्तान्तरण गरेका छन ।
दोलखाको तामाकोशी गाउँपालिकामा स्थायी केन्द्र निर्धारण र संरचना निर्माणका लागि गाउँपालिकाको वडा नम्बर ४ मालुको छापडाँडामा ५० रोपनी व्यक्तिको नाममा रहेको जग्गा गाउँपालिकालाई उपलब्ध गराउँने निर्णयसँगै आबश्यक निर्णय गाउँपालिकालाई गस्तान्तरण गरेका हुन ।
तामाकोशी गाउँपालिकाले स्थायी केन्द्र निधारण र संरचना निर्णमाणका लागि पहिलो बैठकबाट निर्णय गरि  गाउँपालिकाको वडा नम्बर ३ जफेको चनौटे देखि सहरे मालुको सिमाना भित्र पिच सडकको केहि दुरीमा पर्ने गरि जग्गा उपलव्ध गराउँन सूचना जारि गरेको थियो । सोहि सूचनालाई आधारमानि गाउँपालिकाको वडा नम्बर ४ मालु छापडाँडको जग्गा उपलव्ध गराएको संयोजक पुष्कर खड्काले जानकारी दिनु भयो ।
संयोजक खड्का अनुसार विभिन्न व्यक्तिहरुको नाममा रहेको ३३ कित्ता जग्गा सवै जग्गाधनीहरुको छलफलबाट गाउँपालिकालाई आवश्यक पर्ने जग्गा निशुल्क उपलव्ध गराउँने निर्णय भएको हो । यस भन्दा अगाडी जफेको मानेडाँडमापनि पालिकाका लागि केहि सार्वजनिक सहित आवश्यक जग्गा हस्तान्तरण गरिएको सार्वजनिक गरिएको थियो । केहि जग्गामा विवाद रहेपनि हामीले सवै विवाद मिलाएर सवैको सहमति अनुसार जग्गा हस्तान्तरण गरिएको वडा नम्बर ४ मालुका वडा अध्यक्ष नारायण खड्का सुरजले बताउँनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ९ गते   जनकपुरधाम उपमहानगरपालिका–६ मा नेपाली उत्पादन जस्मिन पेन्ट..

मोनु गुप्ता  जनकपुरधाम, असार ८ गते  धनुषाको मिथिला बिहारी नगरपालिका को आर्थिक वर्ष २०८३/०८४ को १२ औँ नगरसभाको ..

राष्ट्रिय आवाज  जनकपुरधाम, असार ६ गते, शनिबार  व्याहुत सुडी सेवा समिति, जनकपुरधामको महाधिवेशन शनिबार सम्पन्न ..

दिपक श्रेष्ठ मण्डल धनुषाधाम, असार ५ गते धनुषाको धनुषाधाम नगरपालिकाको १८ औँ नगरसभा सम्पन्न भएको छ। नगरसभामा पूर्..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार ६ गते    जनकपुरधामस्थित निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्..