किसानको हितमा गाउँघर सानाकिसान कृषि सहकारी संस्था, कृषकलाई कृषि समाग्री वितरण

4 वर्ष पहिले प्रकाशित

दिपक बस्नेत
असार १८, तामाकोशी । 

गाउँघर सानाकिसान कृषि सहकारी संस्थाले कृषकलाई कृषि समाग्री वितरण गरेको छ ।
शुक्रवार आयोजित एक कार्यक्रमकाबीच सहकारी संस्थाले स्थानीय कृषकहरुलाई हातेट्याक्टर, बीउविजन, विषादी, स्प्रे मेसिनसहितका कृषि सामाग्री बितरण गरेको हो ।
दोलखा जिल्ला मेलुङगा गाउँपालिका वडा नम्बर ६ मा रहेको गाउँघर साना किषान कृषि सहकारी संस्थाले कृषकका लागि विभिन्न योजनाको काम गरिरहेको छ ।
संस्थाले आलु विस्तार कार्यक्रम अन्तर्गत १ सय भन्दा बढि कृषकलाई बीउ विजनका साथै  सामुहिक रुपमा प्रयोग हुने गरी १८ ओटा हातेट्याक्टर बितरण गरेको जनाइएको छ । हातेट्याक्टरबाट ८० जना किसान लाभान्वित हुने संस्थाले जनाएको छ । यसैगरी बिषादी प्रयोग गर्ने १५ ओटा स्प्रे मिसिन  र सिंचाईका लागि दुई हजार मिटर पाईप बितरण गरिएको  सहकारीका व्यवस्थापक भुप प्रसाद चापाँगाईले बताउँनु भयो । एक कार्यक्रमका विच मेलुङग गाउँपालिका उपाध्यक्ष गायत्री आचार्य  लगायत जनप्रतिनिधिले  कृषकहरुलाई कृषि सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।

सहकारी संस्थाका अध्यक्ष श्रीराज पोखरेलले कृषि व्यवसाय र उत्पादनमा सहयोग पुगोस् भन्ने उदेश्यले कृषकहरुलाई कृषि सामाग्री बितरण गरिएको जानकारी  दिनु भयो ।  पोखरेलका अनुसार सस्थाको पहलमा सितली मेलुङ सडक मर्मत कार्य भैरहेका छ भने जोगिगाउ खानेपानी आयोजना समेत सम्पन भएको छ । सस्थाले युवा कृषकलाई प्रोत्साहन स्वरुप पुरै अनुदानमा कम्माइन्ड मिल, थ्रेसर लगायतका सामाग्रीपनि बितरण गर्ने जनाएको छ ।
केही महिना अगाडि संस्थाले  आफ्नो बार्षिक उत्सव  बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा धुमधामले सम्पन्न गरेको थियो । बार्षिक उत्सवको अबसरमा मुख्यमन्त्री पाण्डेले मेलुङमा विशेष बजेट बिनियोजन गर्ने आश्वासन दिनु भएको थियो । सोहीअनुसार गाउँपालिकामा प्रदेशबाट १२ भन्दा बढी योजनामा बजेट बिनियोजन भएको सहकारीले जनाएको छ । कार्यक्रममा मेलुङ गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहमरुलाई सम्मान समेत गरिएको थियो । गाउँघर सानाकिसान सहकारी संस्था विगत लामो समयदेखि त्यस क्षेत्रका कृषकहरुको सेवामा सक्रिय रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..