किसानको हितमा गाउँघर सानाकिसान कृषि सहकारी संस्था, कृषकलाई कृषि समाग्री वितरण

3 वर्ष पहिले प्रकाशित

दिपक बस्नेत
असार १८, तामाकोशी । 

गाउँघर सानाकिसान कृषि सहकारी संस्थाले कृषकलाई कृषि समाग्री वितरण गरेको छ ।
शुक्रवार आयोजित एक कार्यक्रमकाबीच सहकारी संस्थाले स्थानीय कृषकहरुलाई हातेट्याक्टर, बीउविजन, विषादी, स्प्रे मेसिनसहितका कृषि सामाग्री बितरण गरेको हो ।
दोलखा जिल्ला मेलुङगा गाउँपालिका वडा नम्बर ६ मा रहेको गाउँघर साना किषान कृषि सहकारी संस्थाले कृषकका लागि विभिन्न योजनाको काम गरिरहेको छ ।
संस्थाले आलु विस्तार कार्यक्रम अन्तर्गत १ सय भन्दा बढि कृषकलाई बीउ विजनका साथै  सामुहिक रुपमा प्रयोग हुने गरी १८ ओटा हातेट्याक्टर बितरण गरेको जनाइएको छ । हातेट्याक्टरबाट ८० जना किसान लाभान्वित हुने संस्थाले जनाएको छ । यसैगरी बिषादी प्रयोग गर्ने १५ ओटा स्प्रे मिसिन  र सिंचाईका लागि दुई हजार मिटर पाईप बितरण गरिएको  सहकारीका व्यवस्थापक भुप प्रसाद चापाँगाईले बताउँनु भयो । एक कार्यक्रमका विच मेलुङग गाउँपालिका उपाध्यक्ष गायत्री आचार्य  लगायत जनप्रतिनिधिले  कृषकहरुलाई कृषि सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।

सहकारी संस्थाका अध्यक्ष श्रीराज पोखरेलले कृषि व्यवसाय र उत्पादनमा सहयोग पुगोस् भन्ने उदेश्यले कृषकहरुलाई कृषि सामाग्री बितरण गरिएको जानकारी  दिनु भयो ।  पोखरेलका अनुसार सस्थाको पहलमा सितली मेलुङ सडक मर्मत कार्य भैरहेका छ भने जोगिगाउ खानेपानी आयोजना समेत सम्पन भएको छ । सस्थाले युवा कृषकलाई प्रोत्साहन स्वरुप पुरै अनुदानमा कम्माइन्ड मिल, थ्रेसर लगायतका सामाग्रीपनि बितरण गर्ने जनाएको छ ।
केही महिना अगाडि संस्थाले  आफ्नो बार्षिक उत्सव  बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा धुमधामले सम्पन्न गरेको थियो । बार्षिक उत्सवको अबसरमा मुख्यमन्त्री पाण्डेले मेलुङमा विशेष बजेट बिनियोजन गर्ने आश्वासन दिनु भएको थियो । सोहीअनुसार गाउँपालिकामा प्रदेशबाट १२ भन्दा बढी योजनामा बजेट बिनियोजन भएको सहकारीले जनाएको छ । कार्यक्रममा मेलुङ गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहमरुलाई सम्मान समेत गरिएको थियो । गाउँघर सानाकिसान सहकारी संस्था विगत लामो समयदेखि त्यस क्षेत्रका कृषकहरुको सेवामा सक्रिय रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  लक्ष्मण यादव सुनसरी, कार्तिक ७ गते   श्री लक्ष्मी पूजाको शुभ अवसरमा देवानगञ्ज गाउँपालिका–१ (यादव टोल) मा आज..

  धिरेश दत्त  कात्तिक ७ गते, शुक्रबार जनकपुरधाम सिरहामा भगवान श्री चित्रगुप्त पुजनोत्सव भव्यताका साथ सम्पन्..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक २ गते   सामाजिक उत्तरदायित्व र नागरिक सचेतना अभिवृद्धिका उद्देश्यले ममत..

  राष्ट्रिय आवाज  जनकपुरधाम ,असोज २९ गते,बुधबार  मधेश प्रदेशमा नयाँ सरकार गठन भएको छ। लोकतान्त्रिक समाजवादी ..

  राष्ट्रिय आवाज असोज २९, जनकपुरधाम। मधेश प्रदेशका नी वर्तमान मुख्यमन्त्री सतीस कुमार सिंह र प्रदेशसभा सदस्य त..