आमाको हत्याका आरोपित फरार

3 वर्ष पहिले प्रकाशित

बारा — आमाको हत्याको आरोप लागेका कलैया उपमहानगरपालिका-७ का जयकिशोर यादव फरार भएका छन् । प्रहरीका अनुसार जयकिशोर यादवले बिहीबार बेलुका धारिलो हतियार प्रहार गरी ५० वर्षीया तेतरीदेवी यादवलाई हत्या गरेपछि उनी फरार भएका हुन् ।
तेतरीकी सौतेनी छोरा जयकिशोरले घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले दाबी गरेको छ । प्रहरीले तेतरीका पति शिवनारायण र अर्का सौतेनी छोरा नवलकिशोरलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका मुद्दा अनुसन्धान अधिकृत प्रहरी निरिक्षक रामकाजी थापाका अनुसार घरायसी विवादका कारण तेतरीको हत्या गरिएको जनाइएको छ । आमाको हत्याको आरोप लागेका जयकिशोर भने फरार रहेको प्रहरी निरिक्षक थापाले बताए । ‘घटनाबारे थप अनुसन्धान भइरहेको र फरारलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..