चट्याङ् लागेर सर्लाहीमा प्रेमको मृत्यु, ४ जना घाइते

3 वर्ष पहिले प्रकाशित

४ असोज, सिरहा । सर्लाहीको ईश्वरपुर नगरपालिकामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।

ईश्वरपुर– १२ घारिवथानस्थित गुईडुङमा सोमबार चट्याङ खस्दा एक जनाको मृत्यु भएको र ४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
चट्याङले लागेर गुईडुङका २८ वर्षीय प्रेमबहादुर घलानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए । शव पोष्ट मार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ ।

चट्याङले लागेर गम्भीर घाइते भएका घलानलाई उपचारका लागि बर्दिवासस्थित जनसेवा अस्पताल लगिएकोे थियो । उपचारको क्रममा राति चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।


चट्याङले लागेर घलानकी श्रीमती २६ वर्षीया साइली भनिने नन्दीमाया घलान, २७ वर्षीय वुद्धबहादुर पाख्रिन, ३ वर्षीया प्रतिमा पाख्रिन र २७ वर्षीय रुद्रबहादुर स्याङतान घाइते भएका छन् ।

उनीहरुको जनसेवा अस्पताल बर्दिवासमा उपचार भईरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..