डा.रामजी यादव चिकित्सक संघ जनकपुरको अध्यक्षमा विजयी

3 वर्ष पहिले प्रकाशित

४ असोज, जनकपुरधाम । नेपाल चिकित्सक संघ जनकपुर अञ्चल शाखाको अध्यक्षमा डा। रामजी यादव प्यानलसहित विजयी भएका छन् । १३ सदस्यीय नयाँ कार्यसमितिको लागि सोमबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा डा। रामजी यादव र डा।अनिल ठाकुर प्यानलसहित प्रतिस्पर्धा उत्रेका थिए ।

अध्यक्ष पदमा यादवले २९७ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी ठाकुरले १३७ मत पाए ।

 


त्यस्तै बरिष्ठ उपाध्यक्षमा डा।रामेश्वर महासेठ ३११ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी डा।पंकज प्रताप देवले ११६ मत प्राप्त गरे ।

महासचिवमा डा।राम ज्ञान यादव २९८ मत ल्याएर विजयी भएका छन् । महासचिवका अर्का उम्मेदवार डा।अबधेसकान्त झाले १३३ मत प्राप्त गरे ।

 

कोषाध्यक्षमा डा।राजेश कुमार शाह २५० मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी डा। निरन्जन गोइतले १६९ मत प्राप्त गरे ।

यस्तै सदस्यहरुमा बिभाश गोइत, बिपिन कुमार यादव, देवनारायण साह, रबि रन्जन प्रधान, ऋषिकेश प्रताप साह र विजय कुमार साह निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

धनुषा, महोत्तरी, सर्लाही र सिन्धुलीसहित चार जिल्लाको चिकित्सकहरुको संगठन जनकपुर चिकित्सक संघमा जम्मा ६ सय मतदाता छन् । निर्वाचनमा ४५९ मत खसेको निर्वाचन समितिले जनाएको छ । नयाँ कार्य समितिको १३ पदका लागि २६ जनाको उम्मेदवारी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..