डा.रामजी यादव चिकित्सक संघ जनकपुरको अध्यक्षमा विजयी

4 वर्ष पहिले प्रकाशित

४ असोज, जनकपुरधाम । नेपाल चिकित्सक संघ जनकपुर अञ्चल शाखाको अध्यक्षमा डा। रामजी यादव प्यानलसहित विजयी भएका छन् । १३ सदस्यीय नयाँ कार्यसमितिको लागि सोमबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा डा। रामजी यादव र डा।अनिल ठाकुर प्यानलसहित प्रतिस्पर्धा उत्रेका थिए ।

अध्यक्ष पदमा यादवले २९७ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी ठाकुरले १३७ मत पाए ।

 


त्यस्तै बरिष्ठ उपाध्यक्षमा डा।रामेश्वर महासेठ ३११ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी डा।पंकज प्रताप देवले ११६ मत प्राप्त गरे ।

महासचिवमा डा।राम ज्ञान यादव २९८ मत ल्याएर विजयी भएका छन् । महासचिवका अर्का उम्मेदवार डा।अबधेसकान्त झाले १३३ मत प्राप्त गरे ।

 

कोषाध्यक्षमा डा।राजेश कुमार शाह २५० मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी डा। निरन्जन गोइतले १६९ मत प्राप्त गरे ।

यस्तै सदस्यहरुमा बिभाश गोइत, बिपिन कुमार यादव, देवनारायण साह, रबि रन्जन प्रधान, ऋषिकेश प्रताप साह र विजय कुमार साह निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

धनुषा, महोत्तरी, सर्लाही र सिन्धुलीसहित चार जिल्लाको चिकित्सकहरुको संगठन जनकपुर चिकित्सक संघमा जम्मा ६ सय मतदाता छन् । निर्वाचनमा ४५९ मत खसेको निर्वाचन समितिले जनाएको छ । नयाँ कार्य समितिको १३ पदका लागि २६ जनाको उम्मेदवारी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ९ गते   जनकपुरधाम उपमहानगरपालिका–६ मा नेपाली उत्पादन जस्मिन पेन्ट..

मोनु गुप्ता  जनकपुरधाम, असार ८ गते  धनुषाको मिथिला बिहारी नगरपालिका को आर्थिक वर्ष २०८३/०८४ को १२ औँ नगरसभाको ..

राष्ट्रिय आवाज  जनकपुरधाम, असार ६ गते, शनिबार  व्याहुत सुडी सेवा समिति, जनकपुरधामको महाधिवेशन शनिबार सम्पन्न ..

दिपक श्रेष्ठ मण्डल धनुषाधाम, असार ५ गते धनुषाको धनुषाधाम नगरपालिकाको १८ औँ नगरसभा सम्पन्न भएको छ। नगरसभामा पूर्..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार ६ गते    जनकपुरधामस्थित निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्..