आफनै पिताको हत्या अभियोगमा जन्मकैद पाएकी छोरी ९ वर्षमै रिहा

3 वर्ष पहिले प्रकाशित

४असोज, सप्तरी । संविधानसभा सदस्य सदरुल मियाँ हकको हत्या आरोपमा सर्वस्वसहित जन्मकैदको सजाय पाएकी उनकै छोरी रुबेदा खातुन ९ वर्षमै रिहा भएकी छन् । जन्मकैदको सजाय पाएकी मृतककी पत्नी नुरजहाँ भने २०७४ सालमै थुनामुक्त भइसकेकी छन् ।

६ जेठ २०७० को राति सभासद् हक सुतेको तत्कालीन कल्याणपुर गाविस २ स्थित आफ्नै पेट्रोल पम्पमा धारिलो हतियार प्रहार गरी उनको हत्या गरिएको थियो ।

 


५५ वर्षीय हकको हत्या योजनाकार छोरी रुबेदालाई २३ जेठ र नुरजहाँलाई २४ जेठ २०७० मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष टोलीले पक्राउ गरेको थियो ।

२० असार २०७३ मा जिल्ला अदालत, सप्तरीले दुबैलाई जन्मकैदको फैसला गरेको थियो ।

 

जिल्ला न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको एकल इजलासले ५२ वर्षीया नुरजहाँ र २१ वर्षीया रुबेदालाई जन्मकैदको फैसला गरेको थियो ।

अदालतले जन्मकैदको फैसला गरे पनि रुबेदा ९ वर्षमै रिहा भएकी छन् । संविधान दिवसको अवसरमा मन्त्री परिषद्को सिफारिसमा राष्ट्रपतिले दिएका आममाफी पाउनेमध्येका रुबेदा पनि हुन् । राजविराज कारागारमा रहेकी उनलाई सोमबार रिहा गरिएको छ ।

जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएकी रुबेदाकी आमा नुरजहाँ भने २० साउन २०७४ मै थुनामुक्त भइसकेकी छन् । जिल्ला अदालतको फैसलालाई उच्च अदालत राजविराजको इजलासले आंशिक रुपमा उल्टाएपछि उनी थुनामुक्त भएकी थिइन् ।

सभासद् हकको हत्याका मुख्य योजनाकार भारतीय नागरिक ३९ वर्षीय जमिरुल शेख र सिरहा चतरी गाविस–२ का ३४ वर्षीय एनुल शेख थिए । जमिरुल लहान नगरपालिका ५ मा बस्दै झाडफुकको काम गर्दै आएका थिए । उनी रुबेदाकी प्रेमी पनि थिए ।

रुबेदा र जमिरुलको प्रेमसम्बन्धमा आमा नुरजहाँको सहमति रहे पनि पूर्व सभासद् एवम् रुबेदाका बुबा हकको असहमतिमा २०६९ फागुनमा रौतहटमा गई विवाह गरेको र सो विवाहलाई हकले अस्वीकार गर्दै आएका थिए । आफ्नो प्रेममा बाधक बनेको भन्दै रुबेदाले आमा नुरजहाँ समेतको सहमतिमा योजना बनाई हत्या गराएकी थिइन् ।

६ जेठ २०७० को राति हकको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । हक २८ चैत २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा सप्तरीको तत्कालीन क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..